AnonymousUser

Logout

कच्चा पदार्थ अभावमा बन्द भए कैलालीका १३७ साना उद्योग

कैलालीमा उत्पादनमूलक तीन हजार १९४, कृषि छ हजार ४८८, निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार ६७३ गरी १५ हजार ४३४ उद्योग दर्ता भएका छन्।

म्यानमारको सैन्य नेतृत्वलाई राष्ट्रसंघले भन्यो– क्रूरता अन्त्य गर

पछिल्लो पाँच महिनामा सर्वसाधारणमाथि हवाई आक्रमणका घटना पाँच गुणा बढेका छन्। जसका कारण देशभर २७ लाख मानिस विस्थापित छन्। एक करोड ८६ लाखलाई मानवीय सहायताको खाँचो छ।

मुस्ताङ यात्रा सहज बन्दै: कालीगण्डकी करिडोरमा ५ पुल निर्माण

लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा एक पुल निर्माण भएको हो। पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले बताए। 

ताप्लेजुङको मेरिङदेनमा आगलागी, २ घर जले

मेरिङदेन गाउँपालिका–२ स्थित रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा हर्कबहादुर पालुङवा र सुवास नाल्बुको घर जलेको छ।

यस्तो रहनेछ बुधबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सहकारीपीडितको माग सम्बोधन गर्न सरकारलाई आयोगको आग्रह

अनशनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको समस्या समाधान गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।

इलाम–२ को उपनिर्वाचनमा कांग्रेसबाट भेषराज आचार्यसहित ७ जनाको नाम सिफारिस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले इलाम–२ को उपनिर्वाचनका लागि आकांक्षीको नाम सिफारिस गरेको छ।

करोडौँको लगानीमा निर्मित ‘होल्डिङ सेन्टर’ प्रयोगमा नआएर जीर्ण बन्दै

‘होल्डिङ सेन्टर’को प्रयोग नहुँदा एकातर्फ निर्माण भएका संरचना जीर्ण बन्दै गएका छन् भने अर्को तर्फ नेपाली सेनाले पहरा दिनुपरेको छ।

‘साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई छैन : चीन

आफ्नो क्षेत्रीय सम्प्रभुता, सामुद्रिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न तथा ‘साउथ चाइना सी’मा शान्ति र स्थिरता कायम गर्न आवश्यक कदम चालिरहने चीनको भनाइ छ।

सत्तारुढ गठबन्धनको साझा संकल्प : कुनै पनि कालखण्डका भ्रष्टाचार छानबिन गरिने

सहकारीको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति बन्द गर्ने, लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्ने सत्तारुढ गठबन्धनको साझा संकल्पमा उल्लेख छ।

प्राध्यापकको हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

प्रहरीले नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्याका मुख्य योजनाकारलाई १६ वर्षपछि पक्राउ गरेको छ।

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियो: ओली

एमाले अध्यक्ष ओलीले सहकारीसँग कुनै सम्बन्ध नै नभएका गृहमन्त्री लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको दाबी गरे।

नेप्से परिसूचक ६.२४ अंकले घट्यो, ३ अर्ब ६३ करोडको कारोबार

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

गृहले स्थानीय प्रशासनसँग माग्यो इजाजत दिइएका हतियारको विवरण

 गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रधानमन्त्रीको जवाफमा कांग्रेस असन्तुष्ट, रविमाथि संसदीय छानबिन गर्न माग

सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा लामिछानेको संलग्नताबारे प्रधानमन्त्री दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिमार्फत छानबिन गर्न माग गरेको छ।

रविबारे सदनमा प्रधानमन्त्रीको जवाफ : अनुसन्धान गर्नु नपर्ने प्रहरीको ‘ब्रिफिङ’ थियो

सहकारीको रकम अपचलनबारे प्रहरीले नै रवि लामिछानेमाथि अनुसन्धान गर्न आवश्यक नभएको र दोषी नरहेको भनेकाले त्यसलाई राजनीतिकरण गर्नु उचिन नहुने प्रधानमन्त्री दाहालको भनाइ छ।

अनलाइन क्यासिनो चलाएको आरोपमा ४ जना पक्राउ 

प्रहरीले उनीहरूबाट अनलाइन गेम खेलाउन प्रयोग भएका पाँच थान ल्यापटप र ११ थान मोबाइलसमेत बरामद गरेको छ।

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० मा कारोबार भइरहेको छ।

महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले लिइन् खेल जीवनबाट संन्यास

नेरी थापाको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। सन् २००७ मा मलेसियामा आयोजित एसीसी महिला च्याम्पियनसिपमा उनले नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन्।

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न प्रशासन कार्यालयमा डेस्क स्थापना

विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी जीएमलाई सम्पर्क व्यक्ति तोकिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।