AnonymousUser

Logout

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार ८४ कम्पनीको शेयर मूल्य बढ्दा १५० को घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ।

बिनातलब घरका कामकाजमा लगाएबापत पूर्वपतिबाट महिलालाई क्षतिपूर्ति भराउन अदालतको आदेश

बिनातलब घरका कामकाजमा लगाएबापत पूर्वपतिबाट महिलालाई ८८ हजार युरो क्षतिपूर्ति भराउन स्पेनको एक अदालतले आदेश दिएको छ। 

नेपाल औषधि लिमिटेडले थप ३ औषधि उत्पादन गर्दै

नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन शुरू गरेको छ।

सीआईबीले थाल्यो सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठन भएको उच्चस्तरीय छानबिन आयोगले चैत १ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।

बाँसबारी जग्गा प्रकरण अनुसन्धानको केन्द्रमा विनोद चौधरी, बयान लिने प्रहरीको तयारी

बाँसबारी जग्गा प्रकरणको केन्द्रमा विनोद चौधरी नै रहेकाले अनुसन्धान उनीमाथि केन्द्रित रहेको, अहिले संसद् अधिवेशन चलिरहेकाले सभामुखको समेत स्वीकृति लिएर चाँडै बयान लिइने सीआईबीले जनाएको छ। 

जसपाकी सांसद मञ्जु अन्सारीको निधन

आइतबार बिहान हृदयघातका कारण काठमाडाैँको सिभिल अस्पतालमा उनको मृत्यु भएको जसपाका प्रवक्ता एवं प्रदेशसभा सांसद मनिष सुमनले जानकारी दिए।

पूर्वसभामुख महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वसभामुख महरालाई कारबाही गर्न सिफारिस गरेको थियो।

बाँसबारी प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान गर्न गृहमन्त्री लामिछानेको निर्देशन

लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका हुन्।

वसन्तपुरमा ठड्याइयो चीर, शुरू भयो रङको पर्व होली

काठमाडौँको वसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ। यससँगै रंगहरूको पर्व होली शुरू भएको छ।

बेसार प्रवर्द्धन गर्दै माङसेबुङ: उत्पादन र बजारीकरणका लागि १३ बुँदे सम्झौता 

सम्झौतामार्फत बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरिएको छ। कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउसमेत प्रदान गिरएको छ।

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

इतिहाद स्टेडियममा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो। घरेलु टोलीका लागि दुवै गोल पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले गरे। 

यस्तो रहनेछ आइतबारको मौसम

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

मोरङको चिउरा मिलमा आगलागी, १ करोड ५० लाखको क्षति

प्रहरीका अनुसार मिलमा आगो सल्किएको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन।

भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। 

मोरङ, तेह्रथुम र भोजपुरमा आगलागीबाट ३२ घर जलेर नष्ट

मोरङ, तेह्रथुम र भोजपुरमा शनिबार भएका आगलागीका घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका छन्।

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको हो।

भोजपुरमा वनको डढेलो बस्ती पस्दा ६ घर जलेर नष्ट

जंगलबाट शुरू भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण

जिल्लामा पहिचान भएका ३५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

भारतमा लोकसभा निर्वाचन १९ अप्रिलदेखि, ७ चरणमा मतदान हुने

भारतमा लोकसभाको निर्वाचन अप्रिल १९ देखि हुने भएको छ। सात चरणमा हुने निर्वाचनको मतगणना जुन ४ मा हुनेछ।

रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकमबाट हतियार किन्दै ईयू

ईयूका सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम युक्रेनका लागि हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।