AnonymousUser

Logout

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

मन्त्री जोशीले प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरूप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता औँल्याए।

इलाम र बझाङमा उपनिर्वाचन गर्न ८ करोड खर्च लाग्ने

निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभएको तर मतदानदेखि मतगणनासम्म कार्य सम्पन्न गर्न अत्यावश्यक बजेट मात्र सरकारसँग माग गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

बद्री पहाडी समाजसेवा पुरस्कार विष्णुमाया परियारलाई

फागुन ३० गते सम्पन्न छनोट समितिको बैठकले एक लाख १० हजार रुपैयाँको उक्त पुरस्कार डा.परियारलाई प्रदान गर्ने निर्णय गरेको छ। 

सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा कुवेतमा ३ नेपालीको मृत्यु

शवहरूको पोस्टमार्टम भइसकेको र नेपाल फर्काउन उनीहरूका परिवारसँग सम्पर्क भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

आयोगले बिहीबार बिहान गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो। आयोगले नौ भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ।

प्रतितोला १ लाख २५ हजार ८०० पुग्यो सुनको मूल्य 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।

श्रम क्षेत्रका समस्या सम्बोधन गर्न मन्त्रालयले बनायो कार्यदल

समितिले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि ती निर्णय तथा विवादको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताएका छन्।

६ करोड लगानीमा ‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौँ महानगर

फार्मेसी सञ्चालन निर्देशिका तयार गर्न महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ।

च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्ने सबै टिमको टुंगो

एट्लेटिको मड्रिड, बोरुसिया डर्टमन्ड, बार्सिलोना, रियल मड्रिड, आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन्।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आईसीसी अध्यक्ष ग्रेग बार्कली नेपाल आउने

चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कलीले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका रहेको क्यानले जनाएको छ।

अब दक्षिण कोरियामा झन् धेरै नेपाली श्रमिक जान पाउने, बन तथा सेवा क्षेत्रमा पनि अवसर

केही दिनयता सामाजिक सञ्जालमा कोरियाले नेपाली कामदार नलिने भन्ने हल्ला फैलिएको भन्दै ईपीएस शाखाले उक्त सूचना तथ्यहीन भएको र झन् धेरै कामदार लिन खोजेको जनाएको छ।

होस्टेलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा सञ्चालक पक्राउ

आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी  सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ।

नवनियुक्त तीन प्रदेशप्रमुखले लिए शपथ

सरकारको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन्।

अर्थ मन्त्रालयले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलायो 

अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि मन्त्रालयमा बोलाएको हो।

एन्फाका पदाधिकारीको विदेश भ्रमणबारे मन्त्रालयको आपत्ति, कारबाही गर्न निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ।

अर्थतन्त्रसँग सम्बन्धित विषयमा सहकार्य गर्न सेजन र त्रिवीको अर्थशास्त्र विभागबीच सम्झाैता

बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्य सँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने सम्झौतापत्रमा उल्लेख छ।

राष्ट्रपतिले गरे तीन प्रदेशप्रमुख पदमुक्त

फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुखलाई पदमुक्त गरिएको हो।

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत

प्रधानमन्त्री दाहाललाई माओवादी केन्द्रसहित एमाले, रास्वपा, जसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए।

शेयर बजारमा २.४८ अंकको सामान्य गिरावट, चार अर्ब २४ करोडको कारोबार

बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंकमा कायम भएको छ।