विद्यालय शिक्षासम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न तत्कालीन शिक्षामन्त्री अशोककुमार राईको कार्यकालमा गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा १७०० संशोधन परेका छन्।
कर्मसियल रूपमा सफल फिल्म आर्टिस्टिक हुनसक्छ तर आर्टिस्टिक रूपमा सफल चलचित्र सधैँ कर्मसियल रूपमा सफल हुन्छन् भन्ने छैन।
भृकुटीमण्डपबाट शुरू भएको म्याराथन भद्रकाली, शहीद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियो।
लमजुङको सामान्य परिवारमा जन्मिएका सुवेदी बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन्। उनले लिड्स, लन्डन र अक्सफोर्डलगायत विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो। एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनले टुंगो लगाउने सहमति भएको छ।
युक्रेनमाथिको छानबिन आयोगको नयाँ प्रतिवेदनले रुस र युक्रेनमा रुसी अधिकारीले सर्वसाधारणमाथि गरेको उत्पीडनबारे खुलासा गरेको र उत्पीडन निकै ठूलो मात्रामा भएको पुष्टि गरेको छ।
नेपाल कमर्सियल आर्टिस्ट संघले बजार क्षेत्रलाई चित्रकलासहित सौन्दर्यीकरण गरेको छ। ट्राफिक चोकदेखि दशरथ चोकसम्मका भित्तामा सुदूरपश्चिमका कला र संस्कृति झल्किने चित्रकला कोरिएको छ।
देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
नेपालले फिफा विश्वकप र एएफसी एशियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको खेलअघि मलेसियासँग अभ्यास खेल खेलेको हो।
आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ।
कार्यदललाई लघुवित्तविरुद्ध आन्दोलनरत पक्षका मागबारे स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम शुरू गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।
यो साता फुटपाथ व्यवसायीलाई ‘अपराधी’को व्यवहार, पटना पुगेर गोइतलाई समातेको प्रहरी जब ‘रअ चिफ’को नाम सुनेपछि रित्तै फर्कियो, ‘बोर्डिङ स्कुल’लाई विस्थापित गराउने सामुदायिक स्कुलसहितका कथाले चासो बटुले।
दिपेशलाई धापासीबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता, डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए।
एक हप्ताको अवधिमा तीव्र गतिमा सवारीसाधन चलाउने दुई हजार ७५८ चालक कारबाहीमा परेका छन्।
सरकारका प्रवक्ता रेखा शर्माले सीआईबीको नेतृत्वमा रहेकी किरण ब्रजाचार्यलाई कार्यविभागको जिम्मेवारी दिएर सीआईबीको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय भएको जानकारी दिइन्।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रमहरू स्थगन हुने भएका छन्।
‘कति परिवार आफ्ना सन्तान जिउँदै छन् कि छैनन् भन्नेबारे पनि बेखबर छन्। उनीहरू आउने हुन् कि होइनन्, टुंगो छैन। धेरै श्रीमतीहरूलाई आफ्ना श्रीमान् सकुशल छन् कि छैनन् भन्ने पनि थाहा छैन।’
नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक स्थगित भएको हो।
विराटनगरमा एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्। उनको शरीरमा धारिलो हतियार प्रहारका चोट देखिएको प्रहरीले जनाएको छ।
नेपालमा हिमोफिलियाका परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा मात्र गर्ने गरिएको छ।