AnonymousUser

Logout

नाइजेरियामा बन्दुकधारीले गरे १०० भन्दा बढी मानिसको अपहरण

नाइजेरियाली जोखिम परामर्शका लागि स्थापना भएको गैरसरकारी संस्था ‘रिस्क कन्सल्टेन्सी एसबीएम इन्टेलिजेन्स’का अनुसार गत वर्षको ‘मे’यता चार हजार सात जना अपहरणमा परेका छन्।

साहित्यकार परशु प्रधानको निधन

प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौँको बानेश्वरस्थित निवासमा निधन भएको हो। मंगलबार बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिनेछ।

शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का

मन्त्रीस्तरीय निर्णयबाट सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा  र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म अन्तरजिल्ला सरुवा रोक्का गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागलुङ बस दुर्घटना: मृतकको संख्या ८ पुग्यो 

प्रहरीले बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनाका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जनाएको छ।

बजेटमा आर्थिक समस्या समाधानका ठोस योजना हुनुपर्नेमा सांसदको जोड

सांसदले बेरोजगारी समस्याको समाधान र किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन आग्रह गरेका छन्।

तटबन्ध निर्माण गर्दा भ्रष्टाचार, हरिपुरका तत्कालीन उपप्रमुखसहित १० जनाविरुद्ध मुद्दा

लखनदेही खोलामा तटबन्ध निर्माण नै नगरी आर्थिक अनियमितता गरेको पाइएको भन्दै अख्तियारले हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

उपनिर्वाचनका लागि इलाममा २० र बझाङमा १९ दल दर्ता

उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन्।

सुन तस्करी प्रकरणमा पक्राउ परेका जीवन गुरुङलाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरण अनुसन्धानका क्रममा पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ। 

मधेश प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, एमालेका यादव बने भौतिक पूर्वाधारमन्त्री

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गरेका छन्।

नेप्सेमा सामान्य सुधार, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

गुर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सर्वोच्च अदालत परिसरबाट हतियारसहित १ जना पक्राउ

प्रहरीले सर्वोच्च अदालत परिसरबाट हतियारसहित सोमबार एक जनालाई पक्राउ गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस

ऊर्जामन्त्री बस्नेतले नेपाललाई पनि फाइदा हुनसक्ने देखेर अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेर अनुमोदनका लागि संसद्मा पेस गरिएको बताए।

एकीकृत समाजवादी त्यागेका दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन्।

विद्यालयको भवन बनाउँदा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

अख्तियारले ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सांसद कमलादेवी पन्तलाई सभापतिमा चयन गरेको हो।

काठमाडाैँ चक्रपथ स्तरोन्नति छिटो गर्न माग

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले राजमार्ग निर्माण, चलचित्र विधेयक, कृषिलगायत विभिन्न विषयमा बोलेका छन्।

गृहमन्त्रीसहित सूर्यदर्शन सहकारी सञ्चालकहरूमाथि छानबिन होस्: गगन थापा

उनले हजारौँ नागरिकको अर्बौं रुपैयाँ अपचलन गर्नेलाई सरकारले निष्पक्ष अनुसन्धान गर्छ कि गर्दैन भन्दै प्रश्न गरे। 

आगलागीका कारण बन्द भएको कर्णाली पुल खुल्यो

गत सोमबार पुलमा गुडिरहेको लाइटर बोकेको ट्रकमा आगो लागेपछि त्यसले पुलका १४ वटा लट्ठामा केही क्षति पुगेको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।