AnonymousUser

Logout

भारतीय कर विभागले गर्‍यो विपक्षी दलको बैंक खाता रोक्का

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीले कर विभागले आफ्नो बैंकका खाता रोक्का गरिदिएको जनाएको छ।

सरोकारवाला भन्छन्– नेपालमा नागरिकको खुलापन खुम्चिँदै गयो

सरोकारवालाले नेपालसहित विश्वभरका सरकारले नागरिक समाजको भूमिकालाई कम महत्त्व दिएको र खुलापन खुम्च्याउँदै लगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

राजनीतिक दलका नाम, विधान र पदाधिकारीमा भएको हेरफेर पेस गर्न आयोगको निर्देशन

दलले आफ्नो आय र व्ययको वास्तविक हिसाबकिताब देखिने तोकिएको ढाँचामा लेखा अभिलेख राखी बैंकमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ।

कृषि समितिबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०७७ पारित भएको छ।

एसीसी प्रिमियर कप: मलेसियासँग नेपाल ४ विकेटले पराजित

योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एशिया कपमा पनि छनोट भएको छ।

अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’

सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले बताए।

कानूनविद्‍हरू भन्छन्– न्यायाधीशका लागि संसदीय सुनुवाइ आवश्यक छैन

उनीहरूले संसदीय सुनुवाइ के उद्देश्य प्राप्तिका लागि राखियो? भन्ने नै स्पष्ट नरहेको जिकिर गरेका छन्।

ग्रीसले समलिंगी विवाहलाई दियो मान्यता

 यस्तो विवाहलाई कानूनी मान्यता दिने ग्रीस पहिलो परम्परागत इसाई मुलुक हो।

बझाङको पाराकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा पाराकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

दिल्लीको एक उद्योगमा आगलागी हुँदा ११ जनाको मृत्यु

शव पूर्णरूपमा जलेका कारण पहिचान गर्न गाह्रो भएको अधिकारीहरूले बताएका छन्

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग यातायात व्यवसायीको माग

महासंघले देशका विभिन्न भागमा भवितव्य रूपमा हुने गाडी दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारसमक्ष अनुरोधसमेत गरेको छ। 

लेबनानमा इजरायली हवाई आक्रमणमा हिज्बुल्लाह कमान्डर मारिए

लेबनानले आफ्नो सैन्य कमान्डको मुख्यालयमा आक्रमण गरेपछि इजरायलले ठूलो जवाफी हवाई हमला गरेको हो।

३५ किलो चरेससहित २ जना भारतीय नागरिक पक्राउ

भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस  हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरेको हो। 

गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, यस्तो छ माैसम पूर्वानुमान

गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

गोली प्रहार गरी ड्युटीमा रहेकी महिला प्रहरीको हत्या

दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या गरिएको छ।

ललितानिवास प्रकरण: तत्कालीन मन्त्रीहरूले पाए सफाइ, कसलाई तोकियो सजाय? (दस्ताबेज)

विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ।

ललितानिवास प्रकरणः पूर्वमन्त्रीहरू गच्छदार, श्रेष्ठ र जोशीले सफाइ पाउने विशेष अदालतको फैसला

विशेष अदालतले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ।

ललितानिवास प्रकरणः तत्कालीन सचिवहरू दीप बस्न्यात र छविराज पन्त विशेष अदालतबाट दोषी ठहर

विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन सचिवहरू दीप बस्न्यात र छविराज पन्तलाई दोषी ठहर गरेको छ। 

ललितानिवास प्रकरणमा विशेष अदालतको फैसलाः मालपोतका कर्मचारी र राणा परिवारका सदस्यलाई २ वर्ष कैद र जनही ७५ लाख जरिबाना

विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मालपोतका तत्कालीन कर्मचारी र राणा परिवारका सदस्यलाई दुई वर्ष कैद र जनही ७५ लाख जरिबानाको फैसला सुनाएको छ।

अर्थ समितिले उपसमिति बनाएर भन्सार कार्यालयहरूको अनुगमन गर्ने

अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयको अनुगमन गर्ने भएको छ।