AnonymousUser

Logout

त्रिभुवन विमानस्थल सुरक्षाको जिम्मेवारी पोखरेललाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ।

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धनमा कूटनीतिक पहल आवश्यक: प्रधानमन्त्री

आफूले नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको र तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको उनको दाबी छ।

रुसी सेनामा नेपाली: १४० जनाले दिए उद्धारका लागि आवेदन

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ। पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन्।

एसीसी महिला प्रिमियर कप: नेपालसँग हङकङ ८ विकेटले पराजित 

९४ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि कप्तान ईन्दु बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्। 

क्यानडाविरुद्ध नेपाल फिल्डिङमा, टोलीमा ३ परिवर्तन

आकाश चन्दले सिनियर टोलीबाट डेब्यु गरेका छन्। अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन्। 

हङकङले नेपाललाई दियो ९४ रनको लक्ष्य 

मलेसियाको सेलांगोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ बनाएको छ।

रौतहटबाट काठमाडौँ गइरहेको बस दुर्घटना: २० जना घाइते

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होछार मनाउँछन्। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

‘सडक व्यापारलाई तीनै तहका सरकारले कानूनी रूपमा व्यवस्थित गर्नुपर्छ’

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदले सडक व्यापारीलाई हटाउने नभई कानून बनाएर व्यवस्थित बनाउनुपर्ने बताउँछन्।

रुस–युक्रेन युद्धमा फसेका नेपालीको उद्धार गर्न सरकार गम्भीर बन्नुपर्छ : माधव नेपाल

अध्यक्ष नेपालले युद्धमा रहेका नेपालीलाई फिर्ता ल्याउने, घाइतेको उपचार गर्ने, मृतकको खोजी गर्ने विषयलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

कोशीमा मन्त्रिपरिषद् विस्तार, थपिए ४ मन्त्री र २ राज्यमन्त्री

कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए।

पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने माओवादी नेताहरूको जोड

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुने गरी बनाउनुपर्नेमा नेताहरूले जोड दिएको बताए। 

अर्थविद् भन्छन्– विदेशी लगानी भित्र्याउन नसक्दा आन्तरिक ऋणमा भार पर्‍यो

अर्थविद्हरूले सरकार विदेशी लगानी मुलुकमा भित्र्याउन नसक्दा आन्तरिक ऋण लिएर ठूला आयोजनामा परिचालन गर्नुपर्ने बाध्यतामा रहेको बताएका छन्।

‘विकास साझेदारका कार्यक्रमहरूको पुनर्संरचना हुनुपर्छ’

आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ विश्व बैंक लगायतका विकास साझेदारका सफल नभएका कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताउँछन्।

रुपन्देहीमा पूर्वखेलाडीबीच मैत्रीपूर्ण क्रिकेट हुने, एलबी, कलाम र पारसले कप्तानी गर्ने

रुपन्देहीको तिलोत्तमा पूर्वखेलाडीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता टी१० फर्म्याटमा आयोजना हुनेछ।

कोशीको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउने सहमति

सरकारी वार्ता समिति र पहिचान पक्षधर वार्ता समितिबीच शुक्रबार प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण तयार पार्नेसहित पाँचबुँदे सहमति भएको हो। 

एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा विचाराधीन

सञ्चारमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनबारे मन्त्रिपरिषद्बाट निर्णय नभएकाले सार्वजनिक गर्न नमिल्ने सांसदहरूलाई जवाफ दिएकी छन्।

अर्थमन्त्री भन्छन्– आन्तरिक स्रोतसाधनबाट राज्यका दायित्व पूरा गर्न कठिन हुँदै छ

अर्थमन्त्री महतले नेपालले उदारता देखाएर स्रोतसाधनलाई ध्यान नदिई धेरै प्रतिबद्धता व्यक्त गर्दा राज्यका दायित्वहरू पूरा गर्न कठिनाइ भइरहेको बताएका छन्। 

अपहरण गरेर ७ लाख फिरौती माग्ने २ जना पक्राउ

पक्राउ परेकाहरूलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ।