बिहीबार दुई पक्षबिच पटक–पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको सीडीओ श्रेष्ठको भनाइ छ।
तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पुर्याउनेछ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएपछि प्रहरीले कडाइ गरेको छ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठन गरिएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको सुझाव’ अनुसार सरकारले यस्तो निर्णय गरेको हो।
नेपालमा विश्वविद्यालय खोल्नेको संख्या बढ्दै जाँदा पर्याप्त विद्यार्थीको अभावले संकट निम्त्याउँदै लगेको प्रधानमन्त्री दाहालको भनाइ छ।
प्रहरीमाथि ढुंगामुढा गरेको, गुलेली हानेको र अराजकता फैलाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईंले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको प्रशासनको निष्कर्ष छ।
प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले चार महिनादेखि तलब र भत्तालगायत सुविधाबापतको रकम नपाएको बताएका छन्।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जितका लागि पाएको २०९ रनको लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
नेपाल सरकारले इजरायल र हमासबीच भएको युद्धविराम गर्ने सहमतिको स्वागत गर्दै विपिन जोशीको शीघ्र रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ।
प्रहरीले काठमाडौँ, उदयपुरसहितका जिल्लाका विभिन्न स्थानमा सात जना मृत फेला परेको जनाएको छ।
काठमाडौँ जिल्ला अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय र २० हजार जरिबाना तिराउने फैसला सुनाएको छ।
दुईवटा पाठेघर भएको यस दुर्लभ अवस्थालाई चिकित्सकीय भाषामा ‘युटेरस डिडेल्फिस’ भनिन्छ।
कास्की जिल्ला अदालतले जातीय छुवाछुत तथा दुर्व्यवहार मुद्दामा पोखरा महानगरपालिका–२४ का वडाध्यक्षलाई साढे ४ महिना जेल चलाउन र ७५ हजार रुपैयाँ जरिबाना भराउन आदेश दिएको छ।
पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरू भएको केपी ओली टी२० क्रिकेट प्रतियोगितामा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले पराजित गरेको छ।
टीकापुर घटनाका दोषीहरूलाई कैद सजाय माफी दिने निर्णयविरुद्ध पीडित पक्षबाट दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
आयोगले राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको छ।
नेपाल विद्युत् प्राधिकरणले साउनदेखि कात्तिकसम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको जनाएको छ।
कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ। सो बैंकको १३ करोड १० लाख ७६ हजार १०५ रुपैयाँ बराबरको कारोबार भयो।