AnonymousUser

Logout

पतञ्जलीलाई आफ्ना भ्रामक विज्ञापन रोक्न भारतीय सर्वोच्च अदालतको चेतावनी

पतञ्जलीले आफूले बनाएको कोभिड १९ को औषधिलाई लिएर भ्रामक विज्ञापन गरेको इन्डियन मेडिकल एसोसियसन (आईएमए)को आरोप छ।

बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला

भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र शव फेला परेको हो।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

बुधबार नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ अंकमा कायम भएको छ। 

सत्तारूढ गठबन्धनले सरकार छोड्नुपर्छ: ओली

ओलीले अप्ठ्यारो परिस्थितिमा प्रतिगामी तत्त्वहरू सल्बलाएकाले देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरे।

मंसिर ७ गते अत्यावश्यक कामका लागि मात्र गाडी चलाउन ट्राफिक प्रहरीकाे आग्रह

विभिन्न समूहले बिहीबारको लागि आह्वान गरेका प्रदर्शनका कारण काठमाडाैँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकाले अत्यावश्यक कामका लागि मात्र गाडी लिएर निस्किन आग्रह गरेको हो।

मानव अधिकार आयोगले मंसिर ७ को जनप्रदर्शन अनुगमन गर्ने

आयोगका अध्यक्ष तपबहादुर मगरले जनप्रदर्शनको निरीक्षण गर्न मानव अधिकार आयोगले विभिन्न स्थानमा टोली खटाउने बताए।

नयाँ भवनमा सरेसँगै प्रधानमन्त्रीले भने– सरकारको काम र गुण पनि नयाँ ढंगबाट अघि बढ्छ

'मलाई पहिलेको ठाउँमा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, स्पेस पनि ठूलो भएका कारण अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु।'

केन्द्रीय कमिटी बैठकमा ओलीले भने– वामपन्थी एकताको कुरा नगरौँ

वामपन्थी एकता जति गर्‍यो त्यति फुट्ने भएकाले त्यो सम्भव नरहेको ओलीको भनाइ छ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

बुधबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री दाहालको ध्यानाकर्षणसमेत गराएका छन्।

इजरायल र हमासबीच ४ दिने युद्धविराम, ५० जना बन्धक रिहा हुने

इन्धनसहित ठूलो संख्यामा मानवीय समूह र राहत सहयोग गर्ने विषय पनि सम्झौतामा उल्लेख गरिएको कतारले जनाएको छ। 

लामाबगर फलाक नाकाबाट ३३ किलो सुन तस्करी भएको पुष्टि, १२ जना अझै फरार

सुन तस्करको गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

विश्वकप छनोट: अर्जेन्टिनासँग ब्राजिल पराजित

बुधबार बिहान ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो। 

प्रहरीले भन्यो– भीपीएन प्रयोग गरेर टिकटक नचलाउनु, डेटा चोरी हुनसक्छ

भीपीएन र डीएनएस प्रयोगबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डेटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको छ।

७ दिनभित्र सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

सडक बत्तीको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र मिटर जडान नगरेको स्थानमा जडान गर्न प्राधिकरणले स्थानीय तहहरूलाई निर्देशन दिएको छ। 

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङ मंगलबार साँझ जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

कस्तो रहनेछ बुधबारको मौसम?

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा नै रहनेछ।

शान्तिप्रक्रियाका बाँकी काम छिटो टुंग्याउन तीन दल प्रतिबद्ध

प्रधानमन्त्री पुष्पकमल दाहालले १७ वर्षको अवधिमा शान्ति प्रक्रियाका अधिकांश काम सम्पन्न भएका र बाँकी रहेका केही कार्यभार पूरा गर्ने तीनवटै दल प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

विश्वकप छनोट : नेपालको लगातार दोस्रो पराजय

विश्वकप छनोटअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको छ।

वित्तीय संस्थाबाट लिएको ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने

प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिए तिर्दिनँ भन्ने कुराले संविधान, ऐन, कानून, मूल्य, मान्यता तोड्ने र त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने बताएका छन्।

टिकटकमा प्रतिबन्ध लगाउनुको कारण पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपालमा टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णयविरुद्धको रिटमा कारण देखाऊ आदेश दिएको छ।