अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै आईसीसी विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ। अस्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले हरायो।
धनुषाबाट इलामको कन्याम शैक्षिक भ्रमणका लागि गएको बस आइतबार बेलुका दुर्घटनामा परेको छ।
छठपर्व गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ।
अन्टार्कटिकामा यति ठूलो जहाजको अवतरण अहिलेसम्मकै पहिलो भएको दाबी गरिएको छ।
बर्दियाको राजपुरमा बाघको आक्रमणबाट घाइते महिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म भनाइने छठपर्व पहिलो दिन साँझ सूर्यलाई अर्घ्य अर्पण गरी पुनः भोलिपल्ट बिहान अर्घ्य अर्पण गरेपछि सम्पन्न भएको मानिन्छ।
रूकुमपूर्व केन्द्रबिन्दु भएर आइतबार दिउँसो ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले सुशासन अभियानअन्तर्गत भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य प्रगति गरेको बताएका छन्।
सूर्यको उपासना, आराधना गरी छठपर्व मनाइँदै छ। वीरगन्जस्थित घडिअर्वा पोखरीमा पनि छठपूजाका लागि व्रतालुहरूको भीड लागेको छ।
पुस्तक प्रदर्शनीमा अमेरिका, इजिप्टसँगै दक्षिण एशिया क्षेत्रका भारत, बांग्लादेश, चीनलगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकले सहभागिता जनाउने आयोजकको भनाइ छ।
सडक खनेर डाँडाडाँडामा पुर्याउनुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा मंसिर १ सम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ। तर, सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने लक्ष्यमा प्रगति भने सुस्त छ।
नेपालले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनायो।
प्रहरीले १७ संदिग्धलाई नियन्त्रणमा लिनुका साथै ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताएको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको छ।
जमिन भासिएर ठूलो मात्रामा ढुंगा र माटो निरन्तर खसेको तथा ‘ड्रिलिङ मेसिन’ बिग्रिएका कारण उद्धारको काम सुस्त भएको छ।
सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
फाइनल खेल भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार दिउँसो २:१५ बजे शुरू हुनेछ।