AnonymousUser

Logout

उत्तराखण्डको सुरुङमा फसेका ४० कामदारको कसरी हुँदै छ उद्धार?

भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४० जना कामदारको बचाउ कार्य जारी छ। शुक्रबार अपराह्नसम्म उद्धारका लागि आवश्यक पर्ने ६० मिटरमध्ये ३६ मिटर पाइप बिछ्याउन बाँकी रहेको सरकारी अधिकारीको भनाइ।

टिकटक बन्द गर्ने निर्णयविरुद्ध १० रिट, सोमबारलाई तोकियो पेसी

नेपालमा टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन्। सर्वोच्च प्रशासनले रिटको सुनुवाइ मंसिर ४ गतेलाई तोकेको छ।

केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा ल्याउने प्रधानमन्त्रीको दाबी

तीनचार दिनदेखि प्रहरी र गृह मन्त्रालयसँग छलफल भइरहेको बताउँदै प्रधानमन्त्री दाहालले केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने दाबी गरे।

उर्लाबारी आगलागीका ६ घाइतेको अवस्था गम्भीर, थप उपचारका लागि अमेरिकाबाट चिकित्सक बोलाइँदै

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर उपचार गराउने प्रक्रिया शुरू गरिएको बताए।

अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ: प्रधानमन्त्री

परिवर्तनको रक्षा र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरेका छन्।

छठका लागि जनकपुरमा भारतबाट ४ करोडको केरा आयात

छठमा सिंगै केराको घरी भगवान्‌लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च र नेपालमा उत्पादन कम हुँदा हरेक वर्ष भारतबाट आयात गर्नुपरेको व्यावसायी बताउँछन्।

विद्युत् आयोजनाको लापरबाही: भुइँमा लत्रिएको तारबाट करेन्ट लागेर १ जनाको मृत्यु

निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।

उपत्यकामा दशैँयता २६६ वटा सवारी दुर्घटना, ७ जनाको मृत्यु, ३३० घाइते

कात्तिक ११ गतेयता सबैभन्दा धेरै सवारी दुर्घटना काठमाडौँ जिल्लामा भएको छ। काठमाडौँमा १३३,  भक्तपुरमा ८४ वटा र ललितपुरमा ४९ वटा सवारी दुर्घटना भएका छन्। 

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैँडा

यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलो पटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन्।

कस्तो रहनेछ शुक्रबारको मौसम?

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विश्वकप छनोट: यूएईसँग नेपाल पराजित

छनोटको दोस्रो खेल नेपालले मंसिर ५ मा यमनविरुद्ध काठमाडौँमा खेल्नेछ।

दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

विश्वकप क्रिकेट– २०२३ को दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलियाले उपाधिका लागि भारतसँगको भेट पक्का गरेको छ।

भूकम्प प्रभावितका लागि ईयूले २८ करोड ८० लाख सहयोग गर्ने

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरूप २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको ईयूले जनाएको छ।

आगलागीमा परी घाइते भएकाको उपचारमा सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्री बस्नेतले आवश्यकताअनुसार उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कुकुरले टोके दाँतको छापअनुसार क्षतिपूर्ति दिन आदेश

भारतको पन्जाब र हरियाणा उच्च अदालतले कुकुर र गाईबस्तुको आक्रमणबाट पीडित भएकालाई क्षतिपूर्ति दिने मुख्य जिम्मेवारी राज्यको हुने आदेश दिएको छ।

एआईले दक्षिण कोरियामा प्रतिस्थापन गर्न सक्छ ४० लाख रोजगारी : अध्ययन

बैंक अफ कोरियाको अध्ययनअनुसार उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने सम्भावना उच्च छ।

काठमाडौँका २१ स्थानमा बनाइँदै छठ पूजास्थल

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौँका कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानमा पूजास्थल बनाइँदै छ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले कस्ता अजेन्डा उठाउँदै छ?

वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले औपचारिक कार्यक्रमबाहेकका एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरबारे नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताए।

नेपाललाई हराउँदै हङकङ फाइनलमा

नेपालले दिएको ५७ रनको विजयी लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

बाइडेन र सीबीच भेटवार्ता, सैन्य सम्बन्ध पुनः स्थापना गर्ने सहमति

सन् २०२३ फेब्रुअरीमा अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’लाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो।