AnonymousUser

Logout

मान्छेलाई नै वस्तु बनाउने उपभोक्तावादी संस्कृति

बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित 'नेपाल आमाको जय' अंकित टी-सर्ट र फेटा गुथ्दै चर्का राष्ट्रवादका भजन गाइरहेछन् एकथरि मान्छे।

आज भाइटीका, १०ः५१ बजे शुभ साइत

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व  फर्किनुपर्ने समितिले जनाएको छ।

पर्व

नेपाल संवत् नयाँ वर्षको उल्लास\n

नेपाल संवत्को नयाँ वर्ष ११४४ मंगलबार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ। नेपाल संवद् चान्द्रमासअनुसार प्रचलनमा रहेको छ। नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्‍याली निकालिएको थियो। नेवार समुदायको बाक्लो वस्ती रहेको बलम्बुको लाछीटोलमा स्थानीयहरू भेला भएर ‘भिन्तुना र्‍याली’सहित शुभकामना आदानप्रदान गरेका थिए। विभिन्न गाजाबाजासहित मौलिक पोसाकमा देखिएका स्थानीयको भीडले नगर भरिएको थियो। बालबालिकादेखि ज्येष्ठ सदस्यसमेत यस उल्लासमा सरिक देखिन्थे। तस्वीरहरू: किसन पाण्डे/उकालो।

टिकटकमा पहुँच दिने इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

दूरसञ्चार प्राधिकरणले टिकटकमा पहुँच दिने इन्टरनेट सेवा प्रदायक तथा मोबाइल सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।

दिल्लीको वायु प्रदूषण घटाउन कृत्रिम वर्षा सफल होला?

विज्ञहरूले क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने प्रक्रिया महँगो हुने, यसको दिगो प्रभावबारे अहिलेसम्म प्रमाणित तथ्य उपलब्ध नभएको बताएका छन्। यस विषयमा गहन छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ।

भाइटीकाको दिन कस्तो रहला मौसम?

बुधबार देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उत्तराखण्डको सुरुङमा पुरिएका ४० मजदुरको उद्धार जारी, पाइपबाट खाना र पानी पठाइँदै

थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन्। उनीहरू सुरुङको मुखबाट २०० मिटरभित्र छन्। 

जुवा खेलिरहेका १७ जना काठमाडौँको साँखुबाट पक्राउ

प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट मंगलबार चार लाख तथा कौडा र ताससहित उनीहरूलाई पक्राउ गरेको हो। 

प्रधानमन्त्रीको दाबी– सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द गरियो

प्रधानमन्त्री दाहालले समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएका छन्। 

र्‍यालीसहित नेपाल संवत् ११४४ को स्वागत (तस्वीरहरू)

म्ह: पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा। नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैँमा विशिष्ट छ।

धनुषामा रेलले किचेर भारतीय नागरिकको मृत्यु

मंगलबार बिहान जनकपुरबाट जयनगर जाँदै गरेको रेलले किच्दा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शंखधर साख्वा इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति: प्रधानमन्त्री

प्रधानमन्त्रीले दाहालले नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने भ्रम रहेको र यसलाई चिर्न आवश्यक रहेको बताए।

भेरी अस्पतालबाट निको भएर घर फर्किए भूकम्पका ४८ घाइते

भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामी मात्र नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छन्।

निःस्वार्थ भावले समाजको उन्नतिका लागि अग्रसर हुनुपर्नेमा राष्ट्रपतिको जोड

नेपाल संवत् ११४४ प्रारम्भ भएका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यलाई सबैले अनुसरण गर्नुपर्ने बताएका छन्। 

आज नेपाल संवत्‌को नयाँ वर्ष र म्ह: पूजा

शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को शुरूआत गरेका थिए। नेपाल देशको नामबाट राखिएकाले यसलाई मौलिक संवत् पनि भनिन्छ।

मुस्ताङवासीका लागि कोरला नाका खुला, चीनको नेचुङसम्म आवतजावत गर्न पाउने

कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ।

तिहारको चौथो दिन: गोवर्द्धन एवं गोरु पूजा गरिँदै

कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजा गरी सम्मान प्रकट गर्ने गरिन्छ। घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन छ

कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

पर्व

पाटनमा न्हु दँया भिन्तुना र्‍याली

पाटनमा सोमबार बेलुका मैनबत्ती बालेर नेपाल संवत्को नयाँ वर्षको न्हु दँया भिन्तुना र्‍याली निकालिएको छ। नेपाल संवत् ११४४ को न्हु दँया भिन्तुना र्‍याली निकालिएको हो। न्हु दँया भिन्तुना अर्थ नयाँ वर्षको शुभकामना हुन्छ। कात्तिक शुक्ल पक्षदेखि नेपाल संवत्को नयाँ वर्ष शुरू हुन्छ। काठमाडौँ उपत्यकामा मौलिक संवत्का रूपमा नयाँ वर्षको खुसियाली मनाउने गरिन्छ। नेपाल संवत् चन्द्रमासमा आधारित छ। लक्ष्मीपूजाको भोलिपल्ट नेपाल संवत् शुरू हुन्छ। सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् शुरू भएको दिन नेवार समुदायमा ‘म्ह:पूजा’ गर्ने सांस्कृतिक परम्परा रहेको पाइन्छ। म्ह:पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ शरीर पूजा हुन्छ। नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैँमा विशिष्ट र मौलिक रहेको छ। यसलाई विशेषतः काठमाडौँ उपत्यका भक्तपुर ललितपुरमा ठूलो उत्साहसाथ मनाइने गरिन्छ।

इन्धन अभावले उत्तरी गाजाका अस्पताल सेवा दिन नसक्ने अवस्थामा

इजरायली आक्रमण र इन्धन अभावका कारण अल-अहली अस्पतालबाहेक सबै अस्पताल सेवा प्रवाह गर्न असमर्थ भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।