AnonymousUser

Logout

काठमाडौँमा जोखिमपूर्ण फुटपाथ [तस्वीरहरू]

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

बालबालिकालाई स्वर्णभस्म खुवाउने अभियान रोक्न पेडियाट्रिक सोसाइटीकोआग्रह

बालबालिकामा यसको प्रभावकारिता प्रमाणित नभएको, गुणस्तरबारे स्पष्टता नपाइएको र स्वास्थ्यमा जोखिम ल्याउन सक्ने भन्दै अभियान अघि नबढाउन सोसाइटीले आग्रह गरेको छ।

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्चा शिक्षाका लागि बाहिरियो १ खर्ब ३८ अर्ब

अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बिदेसिएको थियो।

संविधान घोषणाको दशकलाई विशेष रूपमा मनाइने

यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ।

खाद्य वस्तुमा उच्च मूल्यवृद्धि

गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

युक्रेनले आणविक ऊर्जा केन्द्रमा आक्रमण गरेको रुसको आरोप

रुसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता क्षेत्रसम्म खसालिएको बताएका छन्।

नेप्से परिसूचक १८ अंकले घट्यो

आइतबार शेयरबजार परिसूचक नेप्से १८.०२ अंकले घटेर २,७३९.९५ को विन्दुमा कायम भएको छ।

उखुको बक्यौता माग्दै किसानहरू उखु बोकेर माइतीघरमा बसे धर्ना

उखुको वक्यौता अनुदान रकम भुक्तानीको माग गर्दै उखु किसानले माइतीघर मण्डलमा आन्दोलन शुरू गरेका छन्।

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका लागि सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ।

साउनमा ३ अर्ब ४१ करोड रुपैयाँको स्मार्टफोन आयात

सबैभन्दा धेरै चीनबाट २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँ मूल्यको एक लाख ७५ हजार ८२९ थान स्मार्टफोन चीनबाट आयात भएको छ।

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

फुरगेल्जे शेर्पा ३४२ मतसहित अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन्।

बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भागका केही र अन्य प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।

१३ वर्षपछि बांग्लादेश पुगे पाकिस्तानी विदेशमन्त्री

यी दुवै देशहरूसँग भारतको सम्बन्ध खराब हुँदै गइरहेको बेला पाकिस्तानबाट यति उच्च तहका नेता ढाका पुग्नुलाई महत्वका साथ हेरिएको छ।

वीरगन्जमा हैजा संक्रमण नियन्त्रणका लागि टोली खटाइयो

पर्साको वीरगन्जमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ।

परराष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

भेटका क्रममा मन्त्री राणाले नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले आवश्यक सहयोगका लागि भियतनामसँग आग्रह गरेकी छन्।

समाचार पढ्दै गर्दा ‘पेड न्युज’ पो हो कि भन्ने लाग्छ: सुधीर शर्मा (भिडियोसहित)

‘सम्पादकीय नेतृत्व, लगानीकर्ता, प्रकाशक सबै अलमलमा छन्। यही मौका छोपेर सरकारले विभिन्न कानून ल्याउँदै मिडिया कन्ट्रोल गर्न खोजिरहेको देखिन्छ।’

विद्यालयस्तरीय राष्ट्रिय नाटक महोत्सव सम्पन्न

अक्षरा स्कुलको आयोजना र लालाबालाको सहकार्यमा काठमाडौँको पिंगलास्थानस्थित ‘स्टुडियो थिएटर’मा भएको विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ।

कोशी राजमार्गको हुङ्गुङ खण्डमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन पूर्ण रूपमा ठप्प

खाँदबारीदेखि किमाथाङ्का नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिराका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो।