AnonymousUser

Logout

कलेजो सर्जन भण्डारीको ‘सकिएन’ बजारमा

प्राडा भण्डारी यसअघि ‘मायालु भाका’, ‘धन्यवाद’, ‘एउटा जीवन’, ‘किन होला’, ‘तिम्रो नै माया’लगायत गीत सार्वजनिक भइसकेका छन्।

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भक्तजनको घुइँचो

शनिबार नै हिन्दू धर्मावलम्बीले वर्षभर घरमा धार्मिक कार्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी र बाबुको मुख हेर्ने पर्व पनि मनाउँदैछन्।

संखुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभासहित पूर्वीनेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।

शनिबार यी प्रदेशमा हुनेछ भारी वर्षा

लुम्बिनीका तराई भूभाग साथै बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानून पारित

अनलाइन जुवाको तीव्र विस्तारले आर्थिक संकट, मानसिक लत र आत्महत्यासम्म निम्त्याएको भारतीय अधिकारीहरूले जनाएका छन्।

रोजगारीका लागि बेलायत पठाउने भन्दै ४३ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले बानेश्वरबाट १ जनालाई पक्राउ गरेको छ।

पाकिस्तान साहिन्ससँग नेपाल १ रनले पराजित

अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान साहिन्ससँग १ रनले पराजित भएको छ।

छुदेन काविमोको उरमाललाई मदन पुरस्कार

जगदम्बा श्री पुरस्कार भने प्रेमदेव गिरीलाई प्रदान गरिएको छ।

पाकिस्तान साहिन्सद्वारा नेपाललाई १४५ रनको लक्ष्य

अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई  १४५ रनको लक्ष्य दिएको छ।​​​​​​

न्यूजलेटर

साप्ताहिक ब्रिफिङः चौधरी ग्रुपको खानी दोहन रोक्न खोज्ने महानिर्देशकको सरुवा, खाँणलाई प्रहरी हिरासतमा थियो मोबाइल सुविधा

यो साता उकालोमा अनलाइनमार्फत १६ तरिकाले ठगिँदै सर्वसाधारण, लिपुलेककै विषयले रोकिएको थियो प्रधानमन्त्री कोइरालाको भारत भ्रमण, अनौपचारिक क्षेत्रका मजदुर सधैँ जोखिममालगायत शीर्षकका समाचार चर्चामा रहे।

फोहोर दिएर भरपेट खाना पाइने 'गार्बेज क्याफे'

एक किलो प्लास्टिकको फोहोर बुझाउँदा पेटभरि खाना पाइन्छ, जसमा भात, तरकारी, दाल, रोटी, सलाद र अचार समावेश हुन्छ।

डेंगी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान

पछिल्लो समय डेंगीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गरेको छ।

अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प

भूकम्पबाट सुनामीको कुनै खतरा नभएको चिलीको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले जनाएको छ।

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ३ हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ।

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ ।

अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा

पहिरोका कारण अवरुद्ध भएको नेपाल र चीन जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ।

पुटिनसँगको भेटअघि सुरक्षा प्रत्याभूति सुनिश्चित हुनुपर्छः जेलेन्स्की

रुसीसमकक्षी भ्लादिमिर पुटिनसँग शिखर सम्मेलनमा भेट गर्नुभन्दा पहिला युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ।

एनपीएल दोस्रो संस्करण मंसिरमा

एनपीएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ।

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट, ‘काम चलाऊ सरकार’ घोषणा गर्न माग

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि पनि विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।