चन्दको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन्।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणका लागि चीन पुगेका हुन्।
ड्राफ्टमा परेका खेलाडीलाई तीन ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन क्याटगरीमा विभाजन गरिएको छ। ४१ जना खेलाडीलाई ए क्याटगरीमा राखिएको छ। यसैगरी बीमा ७९ र सीमा ७५ जना खेलाडी परेका छन्।
एउटै विद्यालयमा तीन दशक बढी समय बिताएका आलमले जागिर मात्रै नगरेको, गाउँको शैक्षिक उत्थानमा योगदान दिएको भन्दै धवलागिरि गाउँपालिकाले उनलाई अभिनन्दन गरेको छ।
कालिका मालिका मन्दिरदेखि उत्तरतर्फ बजार क्षेत्रमा शुक्रबार मध्यराती शुरू भएको आगलागी शनिबार बिहानसम्म नियन्त्रणमा आएको छैन।
जितसँगै ७ खेलमा १५ अंक जोडेको नासर तालिकाको पाँचौँ स्थानमा छ। समान अंक रहेको अहली छैटौँ स्थानमा छ।
कोशी, मधेश र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। साथै लुम्बिनी, मधेश र कोशीका तराई भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।
विरोध
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्। देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरूले काठमाडौँको माइतीघरमा विद्यालय शिक्षा विधेयकको विरोध गरेका हुन्। नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षकहरू आन्दोलित बनेका हुन्। गत बुधबारबाट शुरू भएको काठमाडौँकेन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरूले बताएका छन्। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ। संसद्मा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरूले विभिन्न १७ बुँदे असहमति प्रकट गरेका छन्। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्। उनीहरूले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। विरोधका क्रममा माइतीघरमा शिक्षकहरूले नाचगानसमेत गरेका थिए।
एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीबारे असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, लगत्तै कामकारबाही अगाडि बढाउने सहमति कार्यान्वयन गर्न सरकार उदासीन देखिएको आरोप लगाए।
यो साता नेपालमा पठनपाठन नै बन्द हुनेगरी सार्वजनिक विद्यालयका शिक्षकहरूको काठमाडौँकेन्द्रित आन्दोलनको चर्चा चलिरहँदा भारत–क्यानडाबीचको 'डिप्लोमेसी वार'ले धेरैको ध्यान खिच्यो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यले विकास, गरिबी निवारणलगायतका विषयमा ध्यान नै नदिएको बताएका छन्।
सन् २०२४ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो मस्जिद निर्माणमा ५ करोड ५० लाख यूएई दिर्हाम खर्च हुने अनुमान गरिएको छ।
सरकार र शिक्षकहरूबीच सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना या घृणा फैलाउने खालको अभिव्यक्तिहरू देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढ्ने मन्त्री श्रेष्ठको भनाइ थियो।
‘म त्यत्तिकै लडेको होइन। मसँग पनि जिल्ला र प्रदेशका ३०-३२ जना प्रतिनिधि हुनुहुन्छ। उहाँहरू अध्यक्ष चन्दविरुद्ध रुष्ट हुनुहुन्छ। उहाँहरूले नै भनेर लडेको हुँ। म जित्छु भनेरै उठेको हुँ।’
एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिभन्दा आफ्ना मान्छेलाई नियुक्त गर्न मात्रै प्रयोग गर्ने हुन् कि भन्ने प्रश्न उठिरहेको बताए।
नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्न सहुलियतपूर्ण ऋण खर्च हुने एडीबीले जनाएको छ।
आन्दोलनरत शिक्षक संगठनका प्रतिनिधि र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता शुरू भएको छ।
पक्राउ परेका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जनालाई अहिले सिंहदरबार वृत्तमा लगिएको प्रहरीले जनाएको छ।
नेपाल टी–२० लिगलाई उत्कृष्ट बनाएको क्यान अध्यक्ष चतुरबहादुर चन्दको दाबी छ।