AnonymousUser

Logout

एन्फाले बक्यौता नदिँदा केटीएम सिटीले यू-१९ टोलीलाई दिएन किट्स

यसअघि नेपाली टोलीले केल्मीको किट्स लगाउँदै आएको थियो। तर, बक्यौता दिन ढिलासुस्ती गरेपछि केल्मीले आफ्नो तीन वर्षे सम्झौता सकिएपछि नवीकरण गरेको थिएन।

क्यानडाका ३ शहरमा संगीत यात्रा गर्दै नेपथ्य

नेपाली सांगीतिक समूह नेपथ्य क्यानडाका नेपालीमाझ पहिलो पटक गुञ्जन लागेकाे हाे। असोज १४ देखि क्यालगरी‚ भ्यानकुभर र टोरन्टोमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ।

मण्डनदेउपुर नगरपालिकाले दियाे थकाइ बिदा

संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवाप्रवाह शुभारम्भ भएको खुसीको उपलक्ष्यमा र ३ दिनदेखि व्यवस्थापन कार्यमा खटिदा कर्मचारी थाकेको भन्दै बिदा दिने निर्णय गरेको हो। 

जनआन्दोलनका उपलब्धि कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्छः राष्ट्रपति

उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको उचित व्यवस्थापन गर्नसके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना रहेको पनि बताए।

संविधान जलाएर काठमाडौँमा प्रदर्शन, १३ जना पक्राउ (तस्वीरसहित)

सरकारले भव्यताका साथ संविधान दिवस मनाउन आह्वान गरे पनि संविधानसँग असन्तुष्टि राख्दै आएका मधेशकेन्द्रित युवाहरूले देशको संघीय राजधानी काठमाडौँमा संविधान जलाएर विरोध गरेका हुन्।

द्रुत बस

काठमाडौँमा शुरू भयो द्रुत बस सेवा

सरकारले काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा शुरू गरेको छ। रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिकमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको बुधबार उद्घाटन गरेका हुन्। यो बस सेवाबाट सूर्यविनायकदेखि ४५ मिनेटमा रत्नपार्क पुगिने बताइएको छ। अब हरेक दिन बिहान ९ बजेदेखि ११ र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस चल्ने यातायात व्यवस्था विभागले जनाएको छ। तस्वीर: किसन पाण्डे/उकालो 

वीरगन्ज–रक्सौल सीमामै एसएसबीले जाँच थालेपछि नेपालीको विरोध

वीरगन्ज र रक्सौलबीचको सीमा दशगजामा पर्ने मितेरी पुलमै एसएसबीले सुरक्षा जाँच थालेपछि बुधबार दिउँसो नेपालका स्थानीयले प्रतिवाद गरेका छन्। प्रतिवादपछि एसएसबी १० मिटर पछि सरेको छ।

शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार अझै बाँकी छः गृहमन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनुपर्ने बताए। 

शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा बालबालिकाकाे पठनपाठनमा असर पुग्नेगरी विद्यालय नै बन्द गर्नु युक्तिसंगत नभएकाे महानगरले जनाएकाे छ।

नेपालबाट हस्तकलाका सामग्री ८० देशमा निर्यात

हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरूको सहभागिता धेरै रहेको छ।

संविधान दिवस

टुँडिखेलमा संविधान दिवसको रौनक

संविधान दिवस २०८० को अवसरमा बुधबार काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो। सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्च पास ब्यान्ड प्रदर्शनी गरेका थिए। काठमाडौँ र  ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।

एशियाली खेलकुदः भलिबलमा लगातार दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाट बाहिरियाे

समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय बेहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो।

अबको शिक्षक दलको बफादार कार्यकर्ता हुनु हुँदैन: विद्यानाथ काेइराला(अन्तर्वार्ता)

अब चाहिने शिक्षक भनेको राजनीतिक चेतना भएको, राजनीतिलाई विश्लेषण गर्नसक्ने, समालोचकीय दृष्टिकोणबाट हेर्नसक्ने, आफूले बोकेको दर्शनमात्रै ठीक हो नभनेर अर्काको दर्शन पनि बुझ्नसक्ने हुनुपर्छ।

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघ सडकमा

सरकारले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो। 

पूर्वी चीनमा भीषण आँधी, ५ जनाको मृत्यु

पूर्वी चीनको जियाङ्सु प्रान्तमा मंगलबार साँझ आएको आँधीबाट एक हजार ६४६ घरमा क्षति भएको छ। ४०५ जना विस्थापित भएका छन्। 

एउटा मात्रै विधेयक पारित गरेर अन्त्य हुँदै संसद्को चालु अधिवेशन 

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले विधेयक पारित गराउन नचाहेको आरोप लगाएको छ। तर, सत्तारुढ दलले भने एमालेले लामो समय संसद् अवरोध गरेका कारण विधेयकमा छलफल हुन नपाएको बताएका छन्।

अरुण तेस्रो आयोजनामा मुआब्जा विवाद, ३ सातादेखि निर्माण ठप्प 

अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीय आन्दोलित भएका छन्। उनीहरूको अवरोधका कारण विद्युत्‌गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ। 

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा शुरू, यात्रु भने बिहीबारदेखि मात्रै चढ्न पाउने 

विभागले बस सेवाको १० दिनसम्म निरन्तर अनुगमन गर्नेछ। यो समयमा द्रुत बस सेवा प्रभावकारी भएमा अन्य सडकमा पनि विस्तार गर्ने र दिनभरि नै सञ्चालन गर्ने सरकारको योजना छ। 

वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो: ओली 

संविधान कुनै एक वर्ग, जाति, भूगोल विशेषको मात्र नभएर विदेशमा रहेका सम्पूर्ण नेपालीको समेत साझा गौरवको विषय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघ आन्दोलित, देशभरबाट शिक्षक काठमाडौँमा

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट करिब ५० हजार शिक्षक काठमाडौँ आएको नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताइन्।