भेटवार्ताका क्रममा दुई नेताबीच नेपाल र श्रीलंकाको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।
प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको घोषणा गरेका थिए। उक्त संविधान कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।
सिटीको जितमा जुलियन अल्भारेजले २ तथा रोड्रीले १ गोल गरे।
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
कांग्रेस सभापति देउवाले मुकुन्द रिजालले अग्रसरता लिएका काम पूरा गर्ने दायित्व पार्टीको काँधमा आएको बताए।
ऋषिपञ्चमी
ऋषिपञ्चमी पर्वका दिन मंगलबार काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ। महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी यो पर्व मनाउने गरेछन्। सप्तऋषिको पूजा गर्ने भएकैले यस पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो। त्यसैले लागि मन्दिरमा भीड हुने गरेको छ। महिलाले हरितालिकाको व्रत समापनका लागि गोदानलगायत गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्नेसमेत चलन छ।
नेपाली राष्ट्रिय पुरुष भलिबल टोली १९औँ एशियन गेम्सको पहिलो खेलमा बहराइनसँग पराजित भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा गरिदिएका छन्।
कांग्रेसलाई चलायमान बनाउन पार्टीले अवलम्बन गरेको कार्यतालिकालाई अवरुद्ध नगरी निरन्तरता दिनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको नेता दीलेन्द्रप्रसाद बडूले बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन्।
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताए।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले जसपाका मोरङ अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको भन्दै तीन नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएका छन्।
कम्पनीमाथि राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
दबाब र भावनामा बगेरभन्दा आवश्यकता र औचित्य पुष्टि गर्ने गरी संविधान संशोधन गरिनु पर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएयता दलहरूबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ भएको तर्क गरे।
होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ऐनकानूनबिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने उल्लेख गरे।
गाउँका विद्यालयमा विद्यार्थी टिकाउने कुरा चुनौतीको विषय बनेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ बताउँछन्।
प्रतियोगितामा नेपालले पहिलो खेल पाकिस्तानसँग बिहीबार खेल्ने छ। प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।
अश्विनका अलावा रुतुराज गायकवाडलाई पनि मौका दिइएको छ। उनले एशियाली खेलकुदमा भारतीय टोलीको कप्तानी गर्नेछन्।