AnonymousUser

Logout

संसारकै सबैभन्दा अग्लो कुकुरको निमोनियाबाट मृत्यु

गिनिज वर्ल्ड रेकर्डस‍्ले जिअसलाई सन् २०२२ मा संसारकै सबैभन्दा अग्लो कुकुरको ‘टाइटल’ दिएको थियो।

साउनमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा, भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी ‘सत्यको जगमा उभिएर’ सार्वजनिक

वी रिड प्रकाशनका अनुसार जनताको न्यायका लागि लडिरहेका कमला ह्यारिसका प्रारम्भिक दिन, राजनीतिमा प्रवेश र यसभित्रका संघर्ष पुस्तकमा समेटिएको छ।

प्रतिपक्षले जनतालाई भ्रमित पार्ने काम गरिरहेको वर्षमान पुनको आरोप

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिपक्षले सरकारले गरेका राम्रा कामलाई गलत अर्थ लगाएर सानो–सानो कुरालाई पनि समस्याको रूपमा खडा गरेको आरोप लगाएका छन्।

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने सरकारको प्रतिबद्धता

सञ्चारमन्त्री रेखा शर्माले चिकित्सकमाथि आक्रमण गर्नेलाई सरकारले कडाभन्दा कडा कारबाही गर्ने बताएकी छिन्।

नेप्से ४२.१४ अंकले घट्यो, दुई अर्बको कारोबार

आइतबार २७८ कम्पनीको ५६ लाख ५९ हजार कित्ता शेयर ७२ हजार ४७७ पटक खरिद–बिक्री हुँदा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रधानमन्त्रीलाई पाँच नागरिकको पत्र– आशाको धिपधिपे दियो निभ्ला झैँ भयो

उनीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अहिले कानून पनि ‘आपराधिकतालाई उन्मुक्ति दिने बन्न थालेको’, त्यसले सशंकित र खिन्न बनाएको उल्लेख छ।

चिनी, चामल, गहुँलगायत अत्यावश्यक खाद्यवस्तु अभाव हुन नदिन संसदीय समितिको निर्देशन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दसैँ, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अत्यावश्यक खाद्यवस्तुहरूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ।

आरतीको न्यायका लागि सहयोग गर्न नागरिक समाजलाई परिवारको आग्रह

सरकारले आफ्ना जायज मागप्रति बेवास्ता गरेको भन्दै आरतीको माइती पक्षले आम नागरिकलाई न्यायका लागि आवाज उठाइदिन अपिल गरेका छन्।

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

ब्राजिलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

जंगलबीचमा लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए।

आन्दोलनरत चिकित्सकसँग वार्ता हुँदै

चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

ताप्लेजुङ अस्पतालमा आईसीयू उपकरण प्रयोगविहीन

आईसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो। कोभिड महामारीका बेला करिब छ करोड रुपैयाँ खर्चिएर उपकरण खरिद गरिएको थियो।

अटवारी पर्व मनाउँदै थारु समुदाय

अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दियाका थारु समुदायलाई आइतबार सार्वजनिक बिदा दिएको छ। यस पर्वमा दाजुभाइद्वारा दिदीबहिनीको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने चलन छ।

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ

भारतको केइसी इन्टरनेसनलले दमौलीबाट भरतपुरसम्म ३६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ। जसअन्तर्गत ६९ टावरको जग हाल्ने कार्य सकिएको छ।

साउदी प्रो लिग: अल–नासरको लगातार चौथो जित

अल–नासरको जितमा रोनाल्डो, साडियो माने र टलिस्काले समान १–१ गोल गरेका थिए। रइदका मुहमद फुजायरले एक गोल फर्काए। 

धान खरिद गर्ने सहकारीलाई सरकारले व्यवस्थापन खर्च दिने, सूचीकृत हुन आग्रह

सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्ने सहकारीलाई व्यवस्थापन खर्च उपलब्ध गराउन लागिएको हो।

कति छ आइतबार फलफूल तथा हरियो तरकारीको मूल्य?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार ११६ रुपैयाँ रहेको सेतोमूलाको मूल्य आइतबार ९५ तथा ९५ रुपैयाँ प्रतिकिलो रहेको स्थानीय काउली ७० रुपैयाँ तोकेको छ।

गल्फ क्रिकेट: यूएईद्वारा ओमान पराजित

शनिबार राति दोहामा १९२ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन मात्र बनायो।

कस्तो छ आइतबारको मौसम?

सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।