भुटानको पारो एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब एएफसी कपको दोस्रो चरणमा पुगेको छ। मछिन्द्रले अब दोस्रो चरणमा मोहन बगानसँग अगस्ट १६ मा खेल्ने छ।
शिक्षा विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
सरकारले पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले नाराबाजीसहित अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरेका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणले राष्ट्रको प्रतिष्ठा र छविमा नकारात्मक असर पुर्याएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने आफ्नो पहिलो कार्यभार रहेको बताएका छन्।
मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरणको पहिलो हाफमा भुटानको पारो एफसीविरुद्ध दुई गोलको अग्रता लिएको छ। मछिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे।
कांग्रेस महामन्त्री शर्माले भ्रष्टाचारको मुद्दा,सुशासन ल्याउने कुरामा राजनीतिक दलहरूले सत्तापक्ष र प्रतिपक्षको मनोभावनाभन्दा माथि उठेर काम गर्नुपर्ने बताए।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको छानबिन निष्कर्षमा नपुगुन्जेल अर्को समिति आवश्यक नभएको बताएका छन्।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले खेतबारीबाटै अन्न तथा तरकारी बजारसम्म पुर्याएर किसानलाई बजारीकरणमा सहयोग गरिरहेको छ। यसबाट उत्पादन नबिकेर खेर फाल्नुपर्ने किसानको बाध्यता अन्त्य हुँदैछ।
एमाले सांसद योगेश भट्टराईले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो टेबुल अगाडिको सुन प्रकरणको फाइल नदेख्दा शंका लागेको बताएका छन्।
मंलबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ।
पहिरो पन्छ्याएर नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
फुटबल
मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटअन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ। मछिन्द्र क्लबले भुटानको पारो एफसीलाई ३–२ गोलअन्तरले हराउँदै मछिन्द्रले पहिलो पटक दोस्रो चरणको यात्रा तय गर्यो।मछिन्द्रका लागि विमल घर्ती मगर, आयुष घलान र अोलावाले आफिजले १/१ गोल गरे।
डुबान
अविरल वर्षाका कारण काठमाडौँ धुमबाराहीस्थित तरकारी बजार जलमग्न भएको छ। काठमाडौँमा मंगलबार रातिदेखि भारी वर्षा भएको हो।
रोल्पाबाट दाङको घोराहीतर्फ जाँदै गरेको बस त्रिवेणी गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ।
साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
गौर हत्याकाण्ड पीडित संघर्ष सहमतिले सरकारसँग पाँचबुँदै सहमति गरेसँगै आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ।
एमाले मंगलबारको संसद् बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको सचेतक महेश बर्तौलाले बताए।
वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति प्रहरी सचेत हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।
१०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ।