AnonymousUser

Logout

नियम उल्लंघन गर्ने हिमालयन र कुमारी बैंकलाई राष्ट्र बैंकले तिरायो जरिबाना

राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै हिमालयन र कुमारीसहित तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ।

एमालेको अवरोधपछि राष्ट्रिसभा बैठक बुधबारसम्म स्थगित

प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि सोमबार बोलाइएको राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। 

कम्बोडियामा निवर्तमान प्रधानमन्त्री हुन सेनका छोरा हुन मानेट बने नयाँ प्रधानमन्त्री

करिब चार दशक सत्तामा रहेका कम्बोडियाली नेता हुन सेनले प्रधानमन्त्री पद त्याग गरेका छन्। उनले आफ्नै छोरा हुन मानेटलाई नयाँ प्रधानमन्त्री नियुक्त गराएका छन्।

कथाकार राजेन्द्र पराजुलीको ‘जन्तरमन्तर’ बजारमा

पराजुलीको यो छैटौँ कथासंग्रह हो। यसअघि उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा र अघोरी कथासंग्रह प्रकाशित भएका छन्।

संसद्का विषयगत समितिमा सत्तागठबन्धन र एमालेबीच भागबन्डा

सत्तारुढ दलहरू र प्रमुख प्रतिपक्ष एमालेका प्रमुख सचेतक र सचेतकहरूको बैठकले संसदीय समितिको भागबन्डा टुंग्याउँदा चौँथो ठूलो दल रास्वपा र पाँचौँ राप्रपालाई बाहिर राखिएको छ।

रकम भुक्तानी माग गर्दै निर्माण व्यवसायीले गरे सिठी जुलुस

रकम भुक्तानी माग गर्दै निर्माण व्यवसायीहरूले बिजुलीबजारदेखि बानेश्वरसम्म सिठी जुलस प्रदर्शन गरेको छ। केही दिनदेखि व्यवसायीहरू चरणबद्ध आन्दोलनमा छन्।

लिग कप: मेस्सी प्रेरित मियामी क्वार्टरफाइनलमा

नियमित समयमा मेस्सीको २ गोलसँगै मियामी र डालासले ४-४ गोलको बराबरी खेलेका थिए। तर पेनाल्टी सुटआउटमा विजयी हुँदै मियामी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

सर्वोच्च अदातलले मन्त्रिपरिषद्को निर्णयमा संलग्नहरूमाथि पनि अनुसन्धान गर्न आइतबार नेपाल प्रहरीसमेतलाई आदेश दिएसँगै तत्कालीन प्रधानमन्त्री तथा विभागीय मन्त्रीहरू अनुसन्धानको दायरामा परेका हुन्।

संसदको अवरोध हटाउने विषयमा सभामुखले शीर्ष दलका प्रमुख नेतासँग छलफल गर्ने

सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले शीर्ष दलका प्रमुख नेतालाई बैठकका लागि बोलाएका छन्।

सर्वोच्चको आदेशपछि बाबुराम भट्टराईको टिप्पणी- मेरो प्रमकालमा भएका निर्णयहरूको निष्पक्ष छानबिन होस्

सर्वोच्चको आदेशसँगै ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेपछि भट्टराईले छानबिन भएमा सहयोग गर्ने बताएका छन्।

मनसुनको न्यूनचापीय रेखा नेपालतिर सर्‍यो, सोमबारबाट अधिक वर्षा हुने

अहिले बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालतिर सरेका कारण सोमबारदेखि तुलनतात्मक रूपमा बढी पानी पर्नेछ।

दीपेन्द्र सम्मिलित टाइगर्सले जित्यो ग्लोबल टी२० को उपाधि, फाइनलमा सन्दीपको टिम पराजित

फाइनलमा १७ बलमा १६ रन मात्र बनाएका दीपेन्द्रले आवश्यक गतिमा रन बनाउन नसकेपछि प्रशिक्षकले 'रिटायर्ड आउट' गराएर आन्द्रे रसेललाई क्रिजमा पठाएका थिए। फाइनलमा अर्का नेपाली खेलाडी सन्दीप पनि विकेटविहीन भए।

द्वन्द्वकालका पीडकलाई उन्मुक्ति दिए आन्दोलनमा जाने चेतावनी

मानवअधिकार तथा शान्ति समाजले सरकारबाट सशस्त्र द्वन्द्वकालका पीडकलाई आममाफी दिने काम भए राष्ट्रिय रूपमै आन्दोलन गर्ने चेतावनी दिएको छ।

माओवादी केन्द्रले तीन महिने अभियान चलाउने, अध्यक्ष दाहाल सात प्रदेशका सात वडामा पुग्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको छ। अभियान सञ्चालनका क्रममा सात प्रदेशका सात वडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल आफैँ सहभागी हुने भएका छन्।

पाकिस्तानमा रेल दुर्घटना हुँदा २८ जनाको मृत्यु

पाकिस्तानको कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेसननजिकै दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ।

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद‍्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतको यो आदेशसँगै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।

‘माओवादी केन्द्र एकढिक्का भएको छ, फेरि देशको नेतृत्व लिनेगरी अघि बढ्छ’

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विधि, पद्धतिभन्दा बाहिर नजाने दाबी गर्दै सिंगो पार्टी मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडि बढ्ने बताएका छन्।

१०० किलो सुन तस्करी प्रकरण अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीलाई, राजस्व अनुसन्धान विभागले बुझायाे सबै विवरण

विभागले अहिलेसम्मको अनुसन्धान लगायतका सबै विवरणसहित अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको छ।

मानवअधिकार उलंघनको घटनामा संलग्नहरूलाई आममाफी दिन सकिँदैन: रमेश लेखक

कांग्रेस प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, मानवअधिकार रहने, कानूनको शासन जीवित रहने र दण्डहीनता समाप्त हुने ढंगले टीआरसी विधेयक सांसदबाट पारित गराइने बताए।

नेप्से ३८.३७ अंकले घट्यो, २ अर्ब ६८ करोडको कारोबार

आइतबारको कारोबारपछि नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा सीमित भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।