AnonymousUser

Logout

मेक्सिकोको बारमा आगलागी, ११ जनाको मृत्यु

मदिरा सेवन गरेको अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा आगो लगाएको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। 

कालीगण्डकी करिडोर प्रसारण लाइन सम्पन्न गर्न प्राधिकरणको ताकेता

म्याग्दीको दाना सबस्टेसनबाट पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्म १२७ किलोमिटर प्रसारण लाइन दुई खण्डमा निर्माण भइरहेको छ।

पसल थापेर बसेका कम्युनिस्ट एकताबद्ध हुनुपर्छ: माधव नेपाल

कम्युनिस्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने अध्यक्ष नेपालको भनाइ छ।

साल्ट ट्रेडिङले भन्यो– जुम्लामा नुनको अभाव छैन, एक हजार ७०० क्विन्टल मौज्दात छ 

सदरमुकाम खलंगाको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल नुन मौज्दात रहेको कार्यालयले जनाएको छ।

विरोध

‘वित्तीय दलालहरूलाई कारबाही गर्’

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखी विरोध जुलुससहित सिंहदरबार घेराउ कार्यक्रम गरेको छ। प्रदर्शनकारीले माइतीघर मण्डलबाट जुलुससहित थापाथली, त्रिपुरेश्वर, सुनधारा, जमल, घण्टाघर हुँदै भन्द्रकाली पुगी कोणसभा गरेका थिए। प्रदर्शनकारीले ‘राष्ट्र बैंकका गभर्नर राजीना दे’, ‘लघुवित्त वित्तीय संस्था खारेज गर्’, ‘बैंकको बाउन्स चेक रद्ध गर्’, ‘वित्तीय दलालहरूलाई कारबाही गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

जीवाश्म इन्धन प्रयोग कम गर्ने विषयमा जी–२० ऊर्जा मन्त्रीबीच जुटेन सहमति

रुस र साउदी अरबजस्ता ऊर्जा उत्पादन गर्ने केही ठूला अर्थतन्त्रले पनि जीवाश्म इन्धनबाट छिटो बाहिरिने कुरामा निर्णय दिन सकेका छैनन्।

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले वर्षा कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारत कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए। 

यू–१६ युथ लिगमा खेलाडीको उमेर विवाद : चार क्लबले गरे खेल बहिस्कार

यू–१६ युथ लिग शुरू भएको एक हप्ता पनि बित्न नपाउँदै मनाङ, संकटा, फ्रेन्ड्स र एनआरटी गरी चार क्लबले लिग नखेल्ने घोषणा गरेका छन्। जसको कारण शनिबार तय भएका खेल हुन सकेनन्।

आपसी मनोमालिन्य हटाउन सके आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउन पार्टीभित्र देखिएका मतभेद तत्काल अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री दाहाल इटली प्रस्थान

साउन ८ देखि १० गतेसम्म इटलीको रोममा आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ इटली प्रस्थान गरेका छन्।

वर्तमान सरकार बीपीको नीतिबाट प्रेरित : रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बीपी कोइरालाको सिद्धान्तअनुरूप नै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको दाबी गरे।

इन्डोनेसियाकाे सुलावेसीमा कुकुर–बिरालोको मासु बेच्न प्रतिबन्ध

विगतमा निर्दयी बनेका पशु बजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका पशु अधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेसनलले जारी गरेको वक्तव्यमा जनाइएको छ।

माधव नेपाल भन्छन्– सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र हुँदै छ

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेस शत्रु हो भन्ने देखाएर सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।

रोल्वालिङ पर्यटन क्षेत्रको प्रवर्द्धनमा स्थानीय तहले अग्रसरता नलिएको गुनासो

लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवर्द्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक: उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन्।

मनसुनी वर्षा सुस्त: मुलुकभर ६८ प्रतिशत रोपाइँ

मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन ढिला शुरू भएका कारण धान रोपाइँ कम भएको छ। हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको   मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जुम्ला गुठीचौरका ७ घरमा अज्ञात समूहद्वारा आगजनी

गुठीचौरमा दिनहुँ आपराधिक घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए। 

‘जारी’ले पूरा गर्‍यो सय दिन, १७ करोड १७ लाखको व्यापार

चलचित्र लिम्बू समुदायमा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्‌को कथा प्रस्तुत गरिएको 'जारी' प्रथासँग सम्बन्धित छ। 

कोरियामा काम गरेर फर्किएकाका लागि पुनः खुल्यो भाषा परीक्षाको आवेदन

कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन्। भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुनेछ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।