AnonymousUser

Logout

इटहरीमा ४ जना सवार मोटरसाइकल जिपसँग ठोक्किँदा ३ को मृत्यु, १ गम्भीर

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा इटहरी–१६ का करण चौधरी, शम्भु चौधरी र अनिमेश चौधरीको मृत्यु भएको छ।

विरोध

लघुवित्तविरुद्ध विरोध प्रदर्शन

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखी शनिबार राष्ट्र बैंक घेराउ कार्यक्रम गरेको छ। माइतीघरमा भेला भई करिब आठ/नौ सय जना पीडितहरू बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरूले केही समय भाटभटेनी चोकअगाडि बाटोमा बसेर विरोध प्रदर्शन गरेका थिए।

कोशीमा लम्पी स्किनबाट ५ हजार पशु मरे, २ लाख २५ हजार बिरामी

राँगाभैँसीभन्दा गाईगोरुमा लम्पी स्किनको समस्या बढी छ। मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट बिरामी परेका छन्।

साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्ड, परिवारलाई शव फिर्ता गर्नसमेत अस्वीकार

साउदीमा सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको ईएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।

कस्तो छ शनिबारको मौसम?

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

राजदूत नियुक्ति प्रक्रियाप्रति उपेन्द्र यादवको असन्तुष्टि

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

गुणस्तरीय शिक्षा र जलवायु कार्यक्रमका लागि नेपाल र ईयूबीच वित्तीय सम्झौता

सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ कार्यक्रमका लागि वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।

ललिता निवास प्रकरण : सर्वोच्चले ‘स्टे अर्डर’ खारेज गरेसँगै कलाधर देउजा पक्राउ

सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजालाई पक्राउ गरेको छ। 

धान रोपाइँ पोहोरको भन्दा २० प्रतिशत कम

सातै प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ।

मीनबहादुर गुरुङलगायतको रिट खारेज, ‘स्टे अर्डर’ लिएकालाई पनि पक्राउ गर्ने बाटो खुल्यो

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा थुनामा रहेका मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। सर्वोच्चले यही प्रकरणमा जोडिएका १७ जनाको ‘स्टे अडर’ पनि खारेज गर्ने निर्णय गरेको छ।

ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ​ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।

सुन बरामद प्रकरण : जाँचपासमा संलग्न भन्सारका अर्का एक कर्मचारी निलम्बित

कार्गो विल्डिङमा भन्सार जाँचपासका क्रममा एक्सरे मेसिन चलाएका सरोज श्रेष्ठलाई निलम्बन गरिएको विभागले जनाएको छ। 

धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर सञ्चालन अनुमति दिएको छ।

मानहानि मुद्दामा राहुल गान्धीलाई राहत

भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ दिन सूचना जारी गरेको छ।

नेपाल ‘ग्रे लिस्ट’मा पर्नबाट एक वर्ष जोगियो भन्ने कुरा गलत हो: मन्त्री गुरुङ

संसदीय समितिको बैठकमा कानूनमन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणका सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत भएको बताए।

टीआरसी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ दिन थप गरेको बताए।

कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

संसदीय समितिको बैठकमा कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले तत्काल राजीनामा दिई सुन तस्करी प्रकरणसम्बन्धी अनुसन्धानलाई सहज बनाउनुपर्ने बताएका छन्।

शिल्पीमा नगरकोटीको ‘ट्राजिन्ट’

नाटकलाई प्रसिद्ध रंगकर्मी घिमिरे युवराजले निर्देशन गरेका छन्। उनको अभिनय पनि देख्न पाइन्छ। नाटक साउन ५ गतेदेखि भदौ २ गतेसम्म मञ्चन हुनेछ।

सुनकाण्डको अनुसन्धान जरैसम्म पुग्छ: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्। 

सुन तस्करी प्रकरणमा बिनाप्रमाण कृष्णबहादुर महराको नाम जोडियो: सञ्चारमन्त्री

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन्। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।