AnonymousUser

Logout

सांसदलाई ५ करोड बजेट नदिन माग गर्दै पेश भएको रिट सर्वोच्चमा दर्ता

हरेक संसदीय क्षेत्रमा ५ करोड रुपैयाँ दिने पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगराउन माग गर्दै पेश भएको रिट सर्वोच्चमा बुधबार दर्ता भएको छ। रिटको पेसी बिहीबार छ।

बञ्चरेडाँडामा स्थानीयको अवरोध कायमै, काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या

गत वर्ष गरेको सहमति कार्यान्वयनको माग गर्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न साउन १ गतेदेखि अवरोध गरिरहेका छन्।

अमेरिकी सैनिक उत्तर कोरियाको नियन्त्रणमा, अनुमतिबिना सीमा पार गरेको आरोप 

यूएस फोर्सेस कोरियाले घटनाको अनुसन्धान गरिरहेको छ। सिमाना पार गरेपछि ती सैनिकसँग कुनै सम्पर्क नभएको बताइएको छ। 

कुशलको कसिलो बलिङसँगै यूएई १५७ रनमा अलआउट

नेपालका लेग स्पिनर कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४० रन खर्चिए।

सिनामंगलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो, १ जना पक्राउ

सिनामंगल पुल नजिक खोटाङ हलेसी ज्वलेर्स अगाडि भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।

युरोपेली लिग ‘च्यालेन्जिङ’ छ, तर सहर्ष स्वीकार्छु: सावित्रा

सावित्राले इजरायलको क्लब हापोएल रानानाबाट खेल्ने पक्का भएको छ। हापोएलले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको हो। 

डेंगी देखापरेको १९ वर्षपछि नियन्त्रणको कार्ययोजना लागु, ९२ पालिकामा विशेष सर्कुलर

कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्ति विकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह,  रेडक्रसलगायत स्वास्थ्यसँग सम्बन्धित संस्थाको भूमिकाबारे स्पष्ट पारिएको छ।

प्रधानमन्त्री दाहाल साउन ७ गते इटाली भ्रमणमा जाने

मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ।

इमर्जिङ कप: यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

लगातार दुई खेलमा हार बेहोरेका कारण दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान

नेपालमा बाह्रै महिना सस्तो दरमा  जलविद्युत् उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको मन्त्री महतको भनाइ छ। 

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी नेम्वाङ र पोखरेललाई

पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएर ओली कम्बोडिया गएका हुन्। 

राष्ट्रसंघले भन्यो– विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ 

स्वास्थ्य अधिकारीहरूले जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन्। 

लागुऔषध कारोबारमा बालिकाको प्रयोग

बालिकालाई गाँजा तस्करीमा प्रयोग गरेका पर्सा धोबीनी गाउँपालिका–५ का फैज उल्लाह शाहलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले बताए।

पहाडी भूभागमा वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ।

फोहोरमैलाका गाडीबाट शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

फोहोर बोक्ने गाडी प्रवेशमा शुल्क लिने निर्णय संविधानको धारा २२८ (२) र धारा २३६, फोहोरमैला व्यवस्थापन ऐन तथा स्थानीय सरकार सञ्चालन ऐनमा रहेका प्रावधानअनुकूल नदेखिएको अन्तरिम आदेशमा उल्लेख छ।

‘घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रियो’

भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले राजस्व र वैदेशिक ऋण प्रक्षेपणअनुसार आउन नसकेका कारण विकास आयोजनाको भुक्तानीमा झनै समस्या बढेर जाने अवस्था रहेको बताएका छन्।

ललिता निवास प्रकरणको बुधबार पनि सुनुवाइ हुने

सर्वोच्च अदालतले ललिता निवास प्रकरणसम्बन्धी ६ थान रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।

लेखा परीक्षण नबुझाउने दललाई पत्राचार गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले लेखा परीक्षण गराई प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई जरिबानाको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ।

राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थियौँ : पूर्णबहादुर खड्का

उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताएका छन्।

कांग्रेस रूपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन

प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीमा देखिएको यथास्थितिले आगामी दिनमा आउन सक्ने चुनौतीको सामना गर्न नसक्ने बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।