भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार, भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी खरिददार कुमार ढकालले गरेका थिए।
सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्येका एक जना हर्क राईले आफूहरूलाई सामान लिन पठाइएको र त्यो सुन हो भन्ने थाहा नभएको बताएका छन्।
कारोबारमा आएका २६४ कम्पनीका ८४ लाख २४ हजार कित्ता शेयर ५४ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा तीन अर्ब पाँच करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।
राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको खण्डन गर्दै प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताए।
विमानस्थलबाट बरामद सुनको परिणाम यकिन गर्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको छ।
उक्त सुन बरामद प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्होत्राले नेपालमा सुनको बजार कम भएपछि अरू व्यवसायमा लागेको बताएका छन्।
छलफलमा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, एआईजी मिरा चौधरी, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख सहभागी छन्।
समितिले ल्याइएको सुन जाँचपासका क्रममा भएको कमजोरी र उक्त कार्यमा भन्सार कर्मचारीको संलग्नता भए/नभएको बारेमा छानबिन गर्ने विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।
पुस्तकमा सामाजिक, आर्थिक, सांस्कृतिकलगायत २३ वटा राष्ट्रिय र १९ अन्तर्राष्ट्रिय क्षेत्रका तथ्यांक समेटिएका छन्।
बालबालिकालाई सशस्त्र द्वन्द्वमा सामेल गराउनु अन्तर्राष्ट्रिय कानून र मानवअधिकारविपरीत भएको भण्डारीको भनाइ छ।
राष्ट्रलाई नै लज्जित बनाउने सुन तस्करीका घटनामा संसद्को ध्यान जान जरुरी रहेको पोखरेलको भनाइ छ।
‘ईयू डिजिटल सर्भिसेज एक्ट’ ले नोभेम्बरमा कानूनी रूप पाएको थियो। अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट जस्ता वेबका १९ ठूला कम्पनीलाई कानूनी दायरामा आउन अगस्ट २५ सम्म समय दिइएको छ।
नाटक मन्टेश्वरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागिसमेत उत्तिकै महत्त्वपूर्ण छ।
विमानस्थल पास भएर आएको सुन भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको छ।
राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
उच्च अदालत पाटनले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। तर काठमाडौँ महानगरले बुधबार दिउँसो नै भवनमा डोजर चलाएको थियो।
कुकुरको दिसाका कारण सडक फोहोर हुने समस्याको समाधानका लागि फ्रान्सको बेजिये नगरले अनिवार्य रूपमा 'पेट पासपोर्ट' बनाउनुपर्ने नियम लगाएको छ। पासपोर्ट बनाउन तीन महिनाको समय दिइएको छ।
बूढीगण्डकीलाई धादिङको मलेखुस्थित पृथ्वीराजमार्गबाट २ किमि पश्चिममा २६३ मिटर अग्लो बाँध निर्माण गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। त्यसबाट फेवातालभन्दा १६ गुणा ठूलो ताल बन्नेछ।
जारी प्रतियोगिता नेपालको यो पहिलो जित हो। नेपाल यसअघि पाकिस्तान ए सँग ४ र भारतसँग ९ विकेटले पराजित भएको थियो। यूएई भने प्रतियोगितामा जितविहीन भएको छ।