AnonymousUser

Logout

मधेश र कोशी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

चट्याङ र हावाहुरीबाट हुनसक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

२ हजारका नोट फिर्ता लिने भारतीय रिजर्भ बैंकको घोषणा

आरबीआईले दुई हजारका नोट फिर्ता लिने निर्णय गरेको छ। भारतमा करिब साढे ६ वर्षअघि दुई हजारको नोट जारी गरेको थियो।

अरब नेताले रुसी आक्रमणप्रति आँखा चिम्लिए : जेलेन्स्की

अरब लिगको शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही अरब नेताहरूले आफ्नो देशमा रूसले गरेको आक्रमणको भयावह अवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

हिमालयनको ३ स्थान सुधार, रेलिगेसन जोनमा रहेको खुमलटारले आर्मीसँग अंक खोस्यो

हिमालयन शेर्पा क्लबले विभागीय टोली एपीएफलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा तीन स्थान सुधार गरेको छ।

नीति तथा कार्यक्रममा समस्या समाधानको ठोस प्रस्ताव छैन: योगेश भट्टराई

योगेश भट्टराईले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताएका छन्।

अनावश्यक कार्यालय खारेज गर्ने सरकारको घोषणा

कर प्रणालीमा पुनरावलोकन, पुँजीबजार विस्तार गर्न संरचनागत सुधार, योजना आयोगको पुनर्संरचना, मौद्रिक नीति र वित्तीय नीतिको तालमेल, तयार भएका आयोजनालाई मात्र बजेट विनियोजन लगायतका घोषणा सरकारले गरेको छ।

नीति तथा कार्यक्रम : भूमिगत विद्युत् प्रणाली बिस्तार गर्ने, काठ बेचेर आत्मनिर्भर बन्ने

सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ।

जग्गाको स्रेस्ताबमोजिम विद्युतीय लगत तयार गरिने

नीति तथा कार्यक्रममा सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ताबमोजिम विद्युतीय लगत तयार गरिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा पुँजीगत खर्च, राजस्व र उत्पादकत्व बढाउनेमा जोड

राजस्व चुहावट, हुन्डी र अवैध पुँजी र पुँजी पलायनलाई कडाइका साथ रोक्ने विषयमा नीति तथा कार्यक्रममा जोड दिइएको छ।

ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न कानूनी व्यवस्था गरिने

सरकारको नीति तथा कार्यक्रममा वातावरणलाई प्रतिकूल नहुने गरी ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न कानूनी व्यवस्था गरिने उल्लेख छ।

सुशासनमा सम्झौता गरिने छैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक, सामाजिक रूपान्तरणमा तीव्रता आएको र विकास निर्माणले गति लिएको बताएका छन्।

सरकारले छोटो अवधिमा उत्साहजन उपलब्ध हासिल गरेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजस्व चुहावटलाई कडाका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको बताए।

माओवादी लडाकुको विषयमा प्रधानमन्त्रीको जवाफप्रति राष्ट्रियसभा सदस्य राईको असन्तुष्टि

राष्ट्रियसभा सदस्य रामचन्द्र राईले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार प्रतिनिधिसभामा सोधिएको प्रश्नको सही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

टीआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

संसदीय समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ।

राष्ट्रपति

संसद् जाँदा आउँदा राष्ट्रपति पौडेलको सामान्य सवारी

राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासदेखि संघीय संसद् भवन बानेश्वरमा सामान्य सवारीमा आउजाउ गरेका छन्। यसअघि तडकभडकसाथ आवागमन गरेको भन्दै आलोचना हुने गरेकोमा यो पटक राष्ट्रपति पौडेलले सामान्य रूपमा आउजाउ गरेका हुन्। यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद् भवन जाँदा र आउँदा शीतल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो। यस्तो गर्दा, सर्वसाधारण घण्टौँसम्म जाममा पर्ने गरेको भन्दै आलोचना हुने गरेको थियो। राष्ट्रपति पौडेलले संसद् भवन पुगेर आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बजेट ल्याउनुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ।

जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोध्ने मन्त्रालयको तयारी

दुई वर्षसम्म पनि प्रयोग नभएका सामान फिर्ता लिई अरू अस्पताललाई हस्तान्तरण गर्ने मन्त्री बस्नेतले बताएका छन्।

सुदूरपश्चिममा गठबन्धनबीच भागबन्दा मिल्यो, सरकारले पूर्णता पाउँदै

माओवादी केन्द्र दुई, कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने सहमती भएको छ। शुक्रबार साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्ने मुख्यमन्त्री शाहले बताएका छन्। 

५ वर्षमा तापक्रम वृद्धिको नयाँ रेकर्ड बन्ने, नेपालमा कस्तो पर्छ असर?

विश्व मौसम संगठनले आगामी पाँच वर्षमा हालसम्मकै सबैभन्दा धेरै तापक्रम रेकर्ड हुने सम्भावना रहेको औँल्याएको छ। औद्योगिक पूर्वावस्थाको तुलनामा १.५ डिग्रीभन्दा बढीले तापक्रम वृद्धि हुने संगठनले जनाएको छ।

सरकारको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत हुँदै

दिउँसो ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। 

एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको सेप्टेम्बर १९ मा गरिएको राजकीय अन्त्येष्टिमा १०० भन्दा बढी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको उपस्थिति थियो।