AnonymousUser

Logout

सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : ओली

एमाले अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिमा विविधतायुक्त नेपालले सामाजिक सद्भावसहितको राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

नेप्से ८.१० अंकले बढ्यो, १ अर्ब २७ करोडको कारोबार

सोमबार कारोबारमा आएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ।

नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ सांसद नै छैनन् विश्वस्त

राष्ट्रियसभाको बैठकमा सत्तारुढ दलका सांसदहरूले नै सरकारले जारी गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकिने अभिव्यक्ति दिएका छन्।

क्यानले गर्‍यो आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

जिम्बाबेमा आगामी महिना हुने आईसीसी वर्ल्ड कप छनोट खेलका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

सम्पत्ति शुद्धीकरण ऐनसम्बन्धी संशोधन विधेयक चालु अधिवेशनबाटै टुंग्याउन सांसदहरूको जोड

सांसदहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐनलाई संशोधन गर्ने बनेको विधेयकलाई संघीय संसद्को चालु अधिवेशनबाटै टुंग्याउन जोड दिएका छन्।

नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द उल्लेख भएकोप्रति योगेश भट्टराईको आपत्ति

सांसद भट्टराईले हालसम्म सरकारी दस्ताबेजमा उल्लेख नभएको ‘जनयुद्ध’ शब्द यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको भन्दै असन्तुष्टि जनाए।

नक्कली शरणार्थी प्रकरण : प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।

काभा महिला भलिबल: श्रीलंकालाई पराजित गर्दै उज्वेकिस्तानको विजयी शुरूआत

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुरू प्रतियोगितामा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

हिरासतमा बसेको १३ दिनपछि बालकृष्ण खाँणलाई भेट्न पुगिन् मञ्जु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको १३ दिनपछि बालकृष्ण खाणलाई उनकी पत्नी मञ्जुले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा भेट गरेकी छन्।

एन्डी मुर्रेले फ्रेन्च ओपन नखेल्ने

हिपको शल्यक्रियापछि करिअर नै टुंगिने स्थितिमा पुगेका मुर्रे पुनरागमन गरे पनि ग्रास कोर्ट सिजनलाई प्राथमिकता दिन फ्रेन्च ओपन नखेल्ने भएका हुन्।

तामाकोशी पाँचौँ जलविद्युत आयोजनामा लगानी जुट्यो, सञ्चय कोषसँग १३ अर्ब ७४ करोड ऋण सम्झौता

दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँमध्ये सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ। 

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानको आरोप– सेना प्रमुख मलाई पुनः सत्तामा पुग्नबाट रोक्न चाहन्छन्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल असिम मुनिर आफूविरुद्ध लागेको र केही दिनअघि आफूलाई पक्राउ गर्ने आदेश पनि उनैले दिएको आरोप लगाएका छन्।

नक्कली शरणार्थी प्रकरण: संगठित र राज्यविरुद्धको अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरूविरुद्ध ठगी, संगठित र राज्यविरुद्धको अपराधसहित केहीलाई अख्तियार दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउन सिफारिस हुने भएको छ।

पहाडी भूभागमा वर्षा र पूर्वी तराईमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश पहाडी भूभागमा वर्षा र कोशीको तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

११ सय वर्ष पुरानो हिब्रु बाइबल ३ करोड ८० लाख डलरमा लिलामी

पुरानोमध्येको एक मानिएको हिब्रु बाइबलको पाण्डुलिपि एक जना बैंकर तथा कला संग्रहकर्ताले बेचेकी हुन्। खरिदकर्ता रोमानियाका लागि अमेरिकाका पूर्वराजदूतले यो बाइबल तेल अभिभको संग्रहालयलाई राख्न दिनेछन्।

सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति प्रहरी र बार असन्तुष्ट

महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएको सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाका व्यवस्था अनुसन्धानकर्मी र पीडित पक्षको हितमा नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

युक्रेनी शहर बखमुत रुसको कब्जामा गइसकेको छैन : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बखमुत शहर रुसको नियन्त्रणमा गइनसकेको बताएका छन्।

सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति महानिरीक्षक कुँवर असन्तुष्ट

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पीडकको मागदाबीलाई धेरै स्थान दिँदा अनुसन्धान गर्ने निकाय र पीडित पक्ष झनै अन्यायमा पर्नसक्ने बताउँछन्।

संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षभित्रै टुंग्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित हुने बताएका छन्।

एनआरटीसँगको दोस्रो खेलमा मछिन्द्रलाई ३ अंक

‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्रले एनआरटीलाई पराजित गरेको छ। ओलाओले अफिज र शौरभ लिम्बूले गोल गर्दै मछिन्द्रलाई जित दिलाए।