मुम्बईले लखनऊलाई हराएको खेलमा तीव्र गतीका युवा बलर आकाश मधवालको विषेश भूमिका रह्यो। उनले ३.३ ओभरमा ५ रन दिएर महत्वपूर्ण ५ विकेट लिए।
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको लामिछानेको भनाइ छ।
सानीभेरी गाउँपालिकाबाट मुसिकोटतर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्धलगायत विषयमा छलफल हुने बताइएको छ।
बाढीले हेरात प्रान्तमा २०० हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ। सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएका छन्।
प्रचण्डपथमा सम्पूर्ण राजनीति हिँड्दा मध्यदक्षिणपन्थ (सेन्टर राइट) को स्पेस पूर्ण रूपमा खाली हुन गयो, जबकि कुनै समाज र राजनीति सन्तुलित हुन मध्यवामपन्थसँगै मध्यदक्षिणपन्थ पनि चाहिन्छ।
एमए चिदम्बरम क्रिकेट रंगशालामा मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनऊले १६.३ ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनायो।
फुटबल समर्थकले सामान्य प्यारापिटमा एन्फाको विरोधमा प्रदर्शन गरिरहँदा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई भने भीभीआईपी प्यारापिटबाट खेल हेरिरहेका थिए।
जापानमा भएको जी ७ सदस्य राष्ट्रहरूको बैठकले रुसविरोधी निर्णय गरेलगत्तै रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चीन भ्रमण गरेका हुन्।
पक्राउ परेकाहरूबाट राजस्व विभाग लेखेको स्टिकरका साथै सिग्नेचर, ओल्ड दरबार, एटएटफोरएट, गोल्डेन ओकका खाली बोतल बरामद गरेको प्रहरीले जनाएको छ।
मछिन्द्रले जावलाखेल यूथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीसँगै मछिन्द्रले २१ खेलमा ३५ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा यथावत् रहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणका १४ फरार प्रतिवादीहरूविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान गरेर थप पुरक निवेदनहरू अदालतमा दर्ता गरिनेछ।
नर्सहरूको आन्दोलन
चितवन क्यान्सर हस्पिटलमा भएको घटनाको विरुद्धमा विभिन्न अस्पतालका नर्सहरूले माइतीघरमा प्रदर्शन गरिरहेका छन्। वास्तविकता नबुझी सतही रूपमा प्रतिक्रिया व्यक्त गर्ने प्रवृत्तिले समाजमा नर्सिङ पेसाप्रति घृणा र द्वेष फैलाउने वातावरण सिर्जना भइरहेको भन्दै नर्सहरू आन्दोलनमा उत्रिएका हुन्।
लिगमा एनआरटी र आर्मीले पहिलो खेल ३-३ गोलको बराबरी खेलेका थिए। दोस्रो खेलमा बाजी मार्दा एनआरटी २१ खेलमा २६ अंकसहित आठौँ स्थानमा उक्लिएको छ। आर्मी पाँचौँ स्थानमा यथावत् छ।
सचिवालयका प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता कुवेर कडायतले विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा आईजीपीको नाम जोड्नु निन्दनीय भएको जनाएका छन्।
नेपाल समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित भयो।
सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणामा जोडिएका पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाँणसहित ३० जनाविरुद्ध चार वटा कसुरमा मुद्दा दर्ता गरेको छ।
सर्वाेच्चमा वैशाख २५ गते पेश भएको रिट दरपीठ भएको थियो। तर, न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले जेठ ८ गते दर्ताको आदेश दिएको थियो। रिटको पेसी जेठ १७ गते तोकिएको छ।
जलनको उपचार गरेर फर्केलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालमा पनि उपचारका लागि सुविधासम्पन्न अस्पताल आवश्यक भएको जानकारी गराएको भन्दै भण्डारीले सरकारको ध्यानाकर्षण गरे।
फ्रान्सको संसद्ले साढे दुई घन्टाको रेलयात्रामा पुगिने ठाउँका आन्तरिक उडानमा प्रतिबन्ध लगाए पनि त्यहाँका कतिपय उपभोक्तावादी समूहले रेलबाट चार घन्टासम्मको दूरीमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन्।