नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले कांग्रेसलाई स्वस्थ आलोचना चाहिने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने निश्चित भएको छ। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले दाहालको भ्रमणबारे औपचारिक घोषणा गरेका छन्।
जोगी भेषमा पैसा असुल्दै
\nभेषभुषा हेर्दा जोगीको छ, तर उनीहरूले बाटोमा हिँड्ने पैदल यात्रीलाई गर्ने व्यवहार अस्वाभाविक लाग्छन्। पशुपति तीलगँगा नजिकै बिहानैदेखि ओहोर दोहोर गरिरहने अधिकाँश २२ वर्ष उमेर नकटेका जस्ता देखिने साधुभेषीहरू पैदलयात्रीलाई बाटो छेकेर घेर्छन् र उनीहरूले बोकेका कमाण्डलुमा पैसा राख्न भन्छन्। ती साधु भेषधारीले पैदल यात्रीको हुलिया वा अनुहार हेरेर घेर्ने गर्छन्। सोझा सिधा, र धेरैजसो वैदेशिक रोजगारीमा लगेजसहित हिँडेकालाई घेरिरहेको भेटिन्छन्। “सुरुमा पाँच रुपैयाँ राख भन्यो, त्यसपछि भगवानको नाम फलाक्दै क्रमशः पैसा राख्न लगायो।” रौतहटका ४० वर्षीय नागेन्द्र साहले भने “फुत्कनै दिँदैनन्,अनेक आश र प्रलोभनका कुरा सुनाउँछन्, विभिन्न भगवानको नाम लिँदै पैसा राख्न लगायो।” तीलगँगा वरपरका वासिन्दाका अनुसार यी पहेँलो वस्त्रधारी युवाहरू आएको त्यस्तै महिना दिन जति भयो।\n
सांसद राजन दाहालले बोलेको कुरा रेकर्डबाट हटाउने र प्रधानमन्त्री दाहालले यस विषयमा प्रतिनिधिसभामा बोल्ने शीर्ष तीन दलबीच सहमति बनेपछि शनिबार एमालेले सदनमा अवरोध नगर्ने भएको छ।
सदनको अवरोध हटाउने विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, र प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओलीसहितका नेता प्रधानमन्त्री कार्यालय सिंहदरबार गएका छन्।
भू तथा जलाधार संरक्षण समितिको बैठकले सिमसार क्षेत्र पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र जिल्ला प्रशासनलाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ।
सैनिक शासनविरुद्ध लगातार गीत बनाइरहेका गायक ब्यु हारले पछिल्लो भिडियोमा जुन्टाविरुद्ध आक्रोश पोखेका थिए। उनले भिडियोको क्याप्सनमा आफ्नो घरको ठेगाना दिँदै आफूलाई पक्राउ गर्न चुनौती पनि दिएका थिए।
अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि तीन एशियाली राष्ट्रको भ्रमण गर्ने भएका छन्। उनी जापान र सिंगापुरको भ्रमणपछि भारत आउने कार्यक्रम छ।
ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए। एमालेविरुद्ध हिलो छ्याप्ने र आरोपित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा आयोजक नेपाललाई काजकस्तानले ३-२ को सेटमा पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको छ।
“एन्फा गैडाको छालाभन्दा पनि कडा संस्था भयो। ए डिभिजन कै हालत यस्तो छ। बी सी लिग हुन्छ भनेर कसरी विश्वास गर्ने?,” शेर्पाले भने
जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेका हुन्।
छनोटको समूह ‘बी’ मा नेपालसँगै चीन, म्यानमार र चाइनिज ताइपेइसँग परेको छ। पहिलो खेल जुन ६ मा आयोजक म्यानमारसँग हुनेछ।
अदालतमा दायर गरिएको अभियोगपत्रमा प्रतिवादी सन्देश शर्माले 'बाँकी रकम केशव तुलाधर र लक्ष्मी महर्जनको खातामा पठाइदिनू' भनेर गजेन्द्र बुढाथोकीलाई खाता नम्बर पठाएको उल्लेख छ।
चौधरीले बुधबार सजाय माफी दिएर रिहा गर्न माग गर्दै गृह मन्त्रालयमा पठाएको पत्र मन्त्रालयले राष्ट्रपतिको कार्यालयमा पठाएको थियो।
निमाले संसारको सर्वोच्च हिमाल सगरमाथासहित ल्होत्से र मकालु हिमाल आरोहण गरेका छन्।
विचारको भिन्नतका कारण निवर्तमान पदाधिकारीहरूले वर्तमान नेतृत्वका कामहरूको विरोध गरिरहेको र फरक मत स्वीकार गर्न नसकेको कुलपति राईले बताएका छन्।
शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची छ।
सभापति शेरबहादुर देउवाले विभाग गठनको प्रारम्भ गर्दै पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई दिएका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान शुरू भएको छ।