ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए। एमालेविरुद्ध हिलो छ्याप्ने र आरोपित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन्।
एमाले पार्टी मुख्यालयमा शुक्रबारदेखि शुरू भएको स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने अनुशिक्षण कार्यक्रममा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजिएको गुनासो गरे। यसमा एमालेको संलग्नता नरहेको उनको जिकिर छ।
“एमाले यस्ता कुरामा संलग्न छैन। एमाले सधैँ भ्रष्टाचारको विरोधी गर्छ,” उनले भने, “एमाले स्वच्छता, पारदर्शी र सुशासनको पक्षमा छ। तर एमालेलाई बदनाम गर्न खोजियो।”
उनले एमाले विरुद्ध संसद्मा आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अवरुद्ध गरिएको बताए। “संसद्मा बोलेका कुराको पुष्टि हुनुपर्यो। पुष्टि हुने सम्भावना छैन,” उनले भने।
अध्यक्ष ओलीले पार्टी अहिले चौतर्फी घेराबन्दीमा परेको बताए। “नेपालीलाई भुटानी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल भएका छन्। अहिले यसमा को संलग्न छ? अदालतमा मुद्दा परेको छ म भन्न चाहन्न,” उनले भने, “तर भुटानी शरणार्थी प्रकरणको सबै दोष एमालेतर्फ खन्याउन खोजियो।”
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए। “मेरा नजिकका मानिसलाई कसरी पोल्न, लेख्न र मुछ्न लगाउने काम भइरहेको छ”, उनले भने, “एमालेका विरुद्ध अनेक प्रकारका हिलो छ्याप्ने, आरोपित गर्ने प्रयास भइरहेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
