AnonymousUser

Logout

शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गरौँ, भ्रष्टाचार कम हुन्छ: गगन थापा

प्रतिनिधिसभा सदस्य थापाले सरकारको नीति तथा कार्यक्रमबारे संसद्‌मा हुने छलफलको औचित्यमाथि नै प्रश्न उठाएका छन्।

प्रकाश स्नेहीलाई प्रश्न– रुकुम हत्याकाण्डको आँखाबाट नेपाली समाज कस्तो देखिन्छ?

पहिला प्रहरीले मुचुल्का नै फरक लेख्यो। जसले शव निकालेका थिए, उनीहरूको कुरा नै राखेन। डाक्टरहरूले पोष्टमार्टम रिपोर्टमाथि नै चलखेल गरे। घटनामा प्रत्यक्ष रूपमा नेताहरूकै संलग्नता रह्यो।

शरणार्थी प्रकरण छानबिनका लागी संसदीय समिति बनाउन रास्वपाको माग

रास्वपा सभापति रवि लामिछानेले  शरणार्थी प्रकरणमा सबै दलका नेता र छानबिन गर्ने निकायका प्रमुख नै मुछिएकाले यथाशीघ्र संसदीय विशेष समिति गठन गर्न माग गरे। 

वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका छन्।

सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ: प्रधानमन्त्री

अल्पसंख्यक र सीमान्तकृत समुदायको मूलप्रवाहीकरण, विकास र समृद्धिका मुद्दालाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री दाहालको भनाइ छ।

मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै

पटक–पटक सूचना जारी गर्दासमेत अटेर गरेकाले मनोहरी नदी किनार (भक्तपुर र काठमाडौँ दुवैतर्फ)का अतिक्रमित संरचना भत्काउन थालिएको आयाेजनाले जनाएकाे छ।  

नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

राप्ती नदीमा पौडी खेल्ने क्रममा कोहलपुर–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

दिउँसो काठमाडौँमा पनि वर्षाको सम्भावना छ। निम्नचापीय प्रणालीको असरका कारण देशका विभिन्न स्थानमा बिहीबारसम्म नै वर्षा हुने महाखाखाले जनाएको छ।

बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण, दर्जनभन्दा बढी आवासीय भवनमा क्षति

युक्रेनको खार्कोभ नजिकै रहेको बेल्गोरोड क्षेत्र पछिल्लो समय युद्धको केन्द्र बनेको छ।

चेन्नई १०औँ पटक आईपीएलको फाइनलमा

साविक विजेता गुजरातलाई १५ रनले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको छ। अब चेन्नईले उपाधिका लागि  दोस्रो क्वालिफायरको विजेतासँग खेल्ने छ।

थाइल्यान्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ घाइते

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले घाइतेको उपचार प्रभावकारी बनाउन, क्षतिको विवरण संकलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। 

हिरण्य भोजपुरेको ‘मुसुक्क म’ बजारमा

पब्लिकेशन नेपालयबाट प्रकाशित पुस्तकमा ११८ वटा लघुकथा समेटिएका छन्। १५० पृष्ठको पुस्तकको मूल्य ३५५ रुपैयाँ छ।

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले जापानले मानव संसाधन विकास छात्रवृत्तिका प्रदान गर्ने ४१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्नेसमेत निर्णय गरेको छ।

सगरमाथा आरोहण

सगरमाथाको शिखरमा पुगेर काठमाडौँ फर्किए हरि बुढामगर

दुवै खुट्टा गुमाएका हरि बुढामगर सफलतापूर्वक सगरमाथाको आरोहण गरेर काठमाडौँ फर्किएका छन्। उनलाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री सुदन किराती लगायतले फूलमाला, खादा लगाइदिएर स्वागत गरेका थिए। अफगानिस्तानमा युद्धका क्रममा दुवै खुट्टा गुमाएका ४३ वर्षीय बुढामगरले शनिबार बिहान ३:१० मा सगरमाथा आरोहण गरेका थिए। गत वर्ष पनि सगरमाथा आधारशिविर पुगेका उनलाई शारीरिक अवस्थाका कारण आरोहण गर्न नदिइएपछि त्यसविरुद्ध अदालत गएका थिए। उक्त मुद्दा जितेपछि आरोहण अनुमति पाएका थिए। उनले दुवै खुट्टा नभएका पर्वतारोहीका रूपमा सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन्।

पुछारको खुमलटारले ३ अंक जोड्दा रेलिगेसन ‘ब्याटल’ रोमाञ्चक 

लिगमा ६ खेल बाँकी रहँदा पुछारका २ टोली र माथिल्ला ३ टोलीबीच‍ २ अंकको मात्रै अन्तर भएपछि रेलिगेशन जोन रोमाञ्चक बनेको छ।

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

काभा भलिबल: बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार सम्पन्न आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ३–० को सोझो सेट पराजित गर्दै नेपाल सेमिफाइनमा पुग्न सफल भएको छ।

नेप्से परिसूचकमा उच्च अंकले वृद्धि, १ हजार ९४२.६३ पुग्यो

कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले मंगलबार शेयर बजारमा हरियाली छाएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ।

प्रधानमन्त्रीले भने– बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन

भूगोल, अर्थतन्त्र, खुला सिमाना र जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता बढी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।