संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको माओवादी प्रमुख सचेतक पाण्डेले बताएका छन्।
जनमोर्चाले टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना रहेको उल्लेख गरेको छ।
पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो।
बुधबार सरकारी वकिल कार्यालय काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। आरोपितहरूको बयान आजदेखि शुरू हुँदै छ।
छापावाल सुन एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौँ उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत भाडा घटेको छ।
प्रदेशको राजधानी दाङको भालुबाङ सारिएपछि तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले रुख काट्न गर्न आदेश दिएका थिए। त्यसपछि भालुवाङदेखि लमहीसम्म सडक किनारका एक हजार थान रुख काटिएको थियो।
प्रशिक्षकका रूपमा एरिक टेन हाग युनाइटेडमा आएयता क्लबको प्रदर्शन उच्च छ। यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ।
आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई बम प्रहार गर्दा चार सर्वसाधारण र सुरक्षाकर्मीको जवाफी कारबाहीमा छ आक्रमणकारीको मृत्यु भएको छ।
नेपालले घरेलु टोली मलेसियासँग मे २९ बाट पाँच खेलको टी-२०आई श्रृंखला खेल्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गर्नेछिन्।
शेर्पाले गत जेठ ९ गते बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै २८औँ पटक सगरमाथाको सफल आरोहणको कीर्तिमान बनाएका थिए। जेठमा उनी एक हप्ताको अवधिमा नै दुईपटक सगरमाथा चुचुरोमा पुगेर फर्किएका हुन्।
बराबरी खेलपछि चर्च ब्वाइजले शीर्ष स्थानमा मछिन्द्रसँग ५ अंकको दूरी कायम गर्न मौका गुमाउँदा मनाङ भने रेलिगेसन जोनमा पर्ने दबाब झेलिरहेको छ।
भोटो हेर्न राष्ट्र प्रमुख पनि जाने परम्पराअनुसार राष्ट्रपति पौडेल जावलाखेल पुगेका थिए। उनको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए।
बेलायतमा काम, अध्ययन र मानवीय प्रयोजनका लागि जानेहरूको संख्या बढ्दा पछिल्ला वर्ष आप्रवासीहरू बढेका छन्। रुस र युक्रेनको युद्धपछि बेलायत प्रवेश गर्ने बढेको जनाइएको छ।
सिथि नखः पर्व
नेवार समुदायले बिहीबार सिथि नखः पर्व मनाउँदै छन्। यस पर्वलाई नेवार समुदायले वर्षाअघिको अन्तिम चाडका रूपमा मनाउँने गरेका छन्। सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गर्दछन्। आजको दिन घरमा भर्खर भित्र्याइएको नयाँ गहुँको म्हुछ्यामढी मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी समेत खाने गरिन्छ। यस चाडसँगै सिन्या ज्याः धान रोपाइँ शुरू हुन्छ।
आईपीएलको फाइनलका दिन बंगलादेश, अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षबीच भारतमा हुने बैठकले एशिया कपको टुंगो लगाउने एसीसीका अध्यक्ष जय शाहले बताए।
बागमती, कोशी र गण्डकी प्रदेशमा दिउँसो १ बजेदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुलुकमा व्याप्त कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन नसक्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ।
बाह्रबिसे– तातोपानीखण्डको २४ किलोमिटर सडकमा बढी जोखिम छ। भत्किएको सडक मर्मतमा सरकारले चासो नदिएको व्यवसायीको गुनासो छ।
भोटोजात्राको रौनक
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइएको छ। गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएका हुन्। मत्स्येन्द्रनाथको जात्रा करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशी बताउँछन्। किम्बदन्तीअनुसार यो यात्रा शुरू भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे। डराएका किसानले मत्स्येन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए।\n\nऔषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कार स्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले। मनुष्यरुपी भूत आएर भोटो लग्यो। किसानले खोजी गर्दा पाउन सकेनन्। मत्स्येन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मत्स्येन्द्रनाथको जिम्मा लगाइयो। आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मत्स्येन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा छ। तस्वीरहरू: फोटो लाइब्रेरी