AnonymousUser

Logout

एआईजीमा बढुवाका लागि ४ जना सिफारिस

सोमबार बसेको बढुवा समितिको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको छ।

साँझसम्म भागबन्डा टुंग्याएर मंगलबार सरकार विस्तार गर्ने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका छन्।

घट्यो सुनचाँदीको मूल्य 

छापावाल सुन एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

टीआरसी विधेयकलाई निष्कर्षमा पुर्‍याउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

संघीयता कार्यान्वयनसँग सम्बन्धित अन्य विधेयक र ऐन कानुन संशोधनका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

सोमबार काठमाडौँमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले जनताको सुख दुःख बुझेर सेवा गर्ने उच्चतम अठोट र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताएका छन्। 

मण्डलामा ‘एउटा सपनाको अवसान’

सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको नाटक ‘डेथ अफ अ सेल्समेन’लाई अनुप बरालले समसामयिक बनाएर प्रस्तुत गरेका छन्।

भान्साकोठामा भेटियो ४०० वर्ष पुरानो पेन्टिङ

बेलायतको योर्क शहरस्थित एक घरको भान्साकोठामा भेटिएको सो पेन्टिङलाई हिस्टोरिक इंल्यान्ड (ऐतिहासिक वस्तु संरक्षण गर्ने संस्था)ले संरक्षण गर्ने तयारी गरेको छ।

अफगानिस्तानले जित्यो पाकिस्तानविरुद्धको टी२० सिरिज 

दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले एक खेल अगावै सिरिज जितेको छ।

कस्तो छ सोमबारको मौसम?

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

हङकङमा सुरक्षा कानून लागू भएयता पहिलो पटक विरोध प्रदर्शन

चीनले सन् २०२० को जुनमा नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेयता पहिलो पटक हङकङमा सडकमा विरोध प्रदर्शन गरिएको छ।

यू–१७ महिला च्याम्पियनसिप : नेपाल रसियासँग पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल रसियासँग पराजित भएको छ।

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन सम्पन्न गर्न विद्युत् प्राधिकरणको ताकेता

नेपाल विद्युत् प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन आगामी वर्षायामभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।

साफ यू-१७ महिला च्याम्पियनसिपबाट बाहिरियो भुटान

साफ यू-१७ महिला च्याम्पियनसिपमा भारतसँग ९–० गोल अन्तरले पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिएको छ।

गृह, अर्थ र परराष्ट्र मन्त्रालयमा दाबी गरेका छैनौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीलाई देशको अर्थतन्त्र राम्ररी बुझेको व्यक्तिलाई अर्थमन्त्री बनाउन सुझाव दिएको बताएका छन्।

नियुक्ति नै नपाएको व्यक्तिलाई शिक्षक कायम गर्ने ६ जनाविरुद्ध विशेषमा मुद्दा दर्ता

नियुक्ति नै नपाएको व्यक्तिलाई झुट्टा सरुवापत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोपमा बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

ट्युनिसियामा आप्रवासी सवार डुंगा डुब्दा १९ जनाको मृत्यु

इटली प्रवेश गर्ने तयारी गरिरहेका आप्रवासीहरू सवार डुंगा ट्युनिसियाको तटीय क्षेत्रमा डुब्दा १९ जनाको मृत्यु भएको छ।

विशेष अदालतले चुडामणि शर्माविरुद्धको मुद्दामा चैत १९ गते साक्षी बुझ्ने

आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा ढकालविरुद्धको मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिँदै चैत १९ गतेको लागि पेसी तोकेको छ।

'गौतमबुद्ध क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ'

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्।

नेप्से २६.८५ अंकले घट्यो, १ अर्ब २८ करोडको कारोबार

आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

एमाले सचेतक बर्ताैलाको नियमापत्तिपछि कांग्रेस उपसभापति खड्काले मागे माफी

प्रतिनिधिसभाको बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाएपछि कांग्रेस सांसद पूर्णबहादुर खड्काले गल्ती स्वीकार गर्दै माफी मागेका छन्।