AnonymousUser

Logout

बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त कुँवरलाई नेपाल प्रहरीको नेतृत्व सुम्पने निर्णय गरेको छ।

महिला फुटबल टोलीको वरीयतामा सुधार

फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १००औँ स्थानमा छ।

प्रधानमन्त्रीलाई पदबाट हटाइदेलान् कि भन्ने डर छ : गगन थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीलाई अरू मिलेर पदबाट हटाइदेलान् कि भन्ने डर रहेको बताएका छन्।

राहुल गान्धीको लोकसभा सदस्य पद खारेज

गुजरातको सूरतस्थित सेसन कोर्टबाट मानहानिको मुद्दामा दोषी ठहर भएका भारतीय कंग्रे‍सका नेता राहुल गान्धीको लोकसभा सदस्य पद खारेज भएको छ।

प्रधानमन्त्रीमा पदबाट हटाइदेलान् कि भन्ने डर छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले अरूसँग मिलेर पदबाट हटाइदेलान् कि भन्ने डर प्रधानमन्त्रीमा रहेको टिप्पणी गरेका छन्।

संकल्प प्रस्ताव कार्यान्वयनको अवस्था अनुगमन गर्न उपसमिति गठन

दिगो विकास तथा सुशासन समितिले संकल्प प्रस्तावको कार्यान्वयन अवस्था अनुगमन गर्न भुवनबहादुर सुनारको नेतृत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको छ।

जनगणना : साक्षरता दर १० प्रतिशतले बढ्यो, करिब २२ लाख नेपाली विदेशमा

तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषभन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशतले कम रहेको बताएका छन्।

३ लाख परिवार शौचालयको पहुँचबाहिर

नेपालमा अझै तीन लाख परिवार शौचालयको पहुँचबाहिर रहे‍का छन्। जनगणना २०६८ मा ३८.२ प्रतिशत परिवारमा शौचालयको पहुँच पुग्न सकेको थिएन।

हिन्डनबर्गको निशानामा अर्बपति ज्याक डोर्सीको कम्पनी

हिडनबर्गले डोर्सीको कम्पनी ब्लक इंकको सेयर मूल्य वास्तविकभन्दा ७५ प्रतिशत बढी रहेको लगायतका विभिन्न आरोपसहित प्रतिवेदन सार्वजनिक गरेको छ। 

पर्व

शुरू भयो रमजान

इस्लाम धर्मावलम्बीको पर्व रमजान शुरू भएको छ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्। रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेन्डरअनुसार शुक्रबार बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार रोजा बस्नुपर्छ। कस्मिरी मस्जिद काठमाडौँमा नवाज पढ्दै गर्दाको तस्वीरहरू

जनगणना २०७८ : दाउरा प्रयोग गर्ने जनसंख्या ५१ प्रतिशत 

खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ तथा बिजुली, गुइँठा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ प्रतिशत छन्।

यी हुन् बढी र कम जनसंख्या भएका ५ जिल्ला 

सबैभन्दा बढी काठमाडौँको जनसंख्या २० लाख ४१ हजार ५८७ र कम मनाङको जनसंख्या ५ हजार ६५८ जना छ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा रहेको छ। बागमतीमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ।

विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जमकट्टेल, एमालेले सरकार छाड्ने 

शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी रहेको सांसद तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए। 

१०४ वर्षीया महिलाले बेचिन‍् १०२ वर्ष बिताएको घर

सन् १८८२ मा निर्मित घर १ लाख ६९ हजार पाउन्डमा बिक्री भएको छ।

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते लिम्बूको मृत्यु 

विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ।  

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

ताम्राकार नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)मा १७५ रुपैयाँको जागिर छाडेर १२५ रुपैयाँ तलबमा २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी थिइन्।

युरोकप छनोटमा इंग्ल्यान्ड र पोर्चुगल विजयी

युरोकप २०२४ को छनोट खेलमा पोर्चुगलले लिचेस्टाइन तथा इंग्ल्यान्डले इटालीलाई पराजित गर्दै विजयी शुरूआत गरेका छन्।

'नेपालमा क्षयरोगले वर्षमा १७ हजारको ज्यान लिने गरेको छ'

गत वर्ष केबल ३७ हजार ८ सय ६१ बिरामी पत्ता लागे। भन्नुको मतलब उनीहरू उपचारको दायरामा आए। अझै पनि करिब ३२ हजार क्षयरोगका बिरामी उपचारको दायरामा आएका छैनन्।

कस्तो छ शुक्रबारको मौसम?

दिउँसो कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसँगै वर्षाको सम्भावना छ।