प्रहरीले होलीलाई व्यवस्थित बनाउन तथा अराजक गतिविधि हुन नदिन ट्राफिक चेकिङमा कडाइ गरेको हो।
वसन्तपुरलगायत काठमाडौँका विभिन्न स्थानमा होलीको रौनक शुरू भएको छ।
वैज्ञानिकहरूले रुसको साइबेरियामा ३५ सय वर्ष पुरानो भालु भेटाएका छन्। हिउँयुक्त जमिनमा गडेको अवस्थामा भेटिएको भालुबारे अध्ययन हुँदैछ।
सत्ता समर्थित नौ दलको बैठकले सर्वोच्च अदालतको आदेशबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को चालु अधिवेशनमै पेस गर्ने निर्णय गरेको छ।
रास्वपा सांसद सुमना श्रेष्ठले बाल संगठनको जग्गा हिनामिनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै सरकारसँग सूचना माग गरेकी छन्।
'ए' डिभिजन लिगअन्तर्गत आइतबार साँझ भएको खेलमा साबिक विजेता मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको छ।
राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री दाहालले विकास र सुशासनको अभीष्ट पूरा गर्न सरकारले प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।
'द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूको न्याय र परिपूरण पाउने विषयहरू विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइराख्न मिल्ने देखिँदैन'
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धकै कारण मुलुकमा राजतन्त्र अन्त्य नभएको दाबी गरेका छन्।
विशेष अदालतले मिटरब्याजी श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण साहलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ।
कांग्रेस वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गरेर श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको बताएका छन्।
'ए' डिभिजन लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा सातदोबाटोले एनआरटीलाई २-१ गोलले पराजित गर्दै विजयी शुरूआत गरेको छ भने आर्मी र संकटाले अंक बाँडेका छन्।
यूएईले दिएको ९८ रनको लक्ष्य पपुवा न्युगिनीले १३९ बल बाँकी छँदै २६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
आइतबार नेप्से परिसूचक ३० दशमलव ७७ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अंकमा कायम भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा लघुवित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।
रक्षा बजेट वृद्धि चीनले अवलम्बन गरेको राष्ट्रिय प्रतिरक्षा नीति अनुकूल रहेको राष्ट्रिय जन कंग्रेसका प्रवक्ता वाङ चाओले बताएका छन्।
एमाले महासचिव शंकर पोखरेलले उग्रवामपन्थी अतिवाद र मानवताविरुद्धको अपराधका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने स्थितिमा पुगेको बताएका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन वर्ष अघिको एउटा भनाइलाई लिएर प्रधानमन्त्रीमाथि मुद्दा लाउन खोज्नु माओवादीलाई जिस्काउनु भएको टिप्पणी गरेका छन्।