AnonymousUser

Logout

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका डा. सिंह घाइते [तस्वीरहरू]

संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका बताइएको छ।

थुनामुक्त गर्न माग गर्दै ललितानिवास जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालद्वारा सर्वोच्चमा रिट दर्ता

ललितानिवास जग्गा घोटाला प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालले थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

फौजदारी अभियोग लागेका सांसद निलम्बित नहुने, सेवा सुविधा रोकिने

मस्यौदा समितिको बैठकमा फौजदारी अभियोगपत्र दायर भएदेखि अदालतले दोषी प्रमाणित नगर्ने समयसम्म आरोपित सांसदको पद कायमै राख्ने सहमति जुटेको छ।

‘फ्लड लाइट’मा खेल्नु पर्दा साफको उपाधि गुमायौँ : प्रशिक्षक गुरुङ

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक यम गुरुङले फ्लड लाइटमा अभ्यस्त नभएको कारण फाइनलमा बंगलादेशसँग पराजित भएको बताएका छन्।

अस्ट्रेलियाविरुद्धको टेस्टमा जडेजाले बल टेम्परिङ गरेको आरोप

अस्ट्रेलियासँगको टेस्टमा भारतका अनुभवी अफ स्पिनर रवीन्द्र जडेजाले बल टेम्परिङ गरेको आरोप लागेको छ।

वैकल्पिक शक्तिको अजेन्डा बोक्नेलाई स्थापित दलहरूले नै सिध्याउछन्ः सीके राउत

जनमत पार्टीका अध्यक्ष राउतले वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिएर क्रान्तिको बीजारोपण गर्न सके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे।

संघीय संसद्मा राष्ट्रपतिको सम्बोधन : संविधानले प्रत्याभूति गरेका विषय पूर्ण कार्यान्वयन हुन अझै बाँकी [पूर्णपाठ]

राष्ट्रपति भण्डारीले नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट विगतमा झैँ आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध हुने अपेक्षा गरिन्। 

जलवायु परिवर्तनका मुद्दामा नेपाल विश्वसामु दरिलो रूपमा प्रस्तुत हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले पूर्वाधार निर्माण गर्दा वातावरण र जैविक विविधतामा पर्ने प्रभावको गम्भीर अध्ययन गरी विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आवश्यक रहेको बताएकी छन्।

संघीय संसद्मा राष्ट्रपतिको सम्बोधन : महिलाहरू अझै किन सुरक्षित महसुस गर्न सकिरहेका छैनन्?

राष्ट्रपति भण्डारीले महिलामाथि हुने सबै प्रकरणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा जोड दिइन्।

अर्थतन्त्र सुदृढीकरणमा गम्भीर बन्नुपर्छ, कोभिड र डेंगीलाई देखाएर पन्छिन मिल्दैन : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिबाट उत्पन्न संकट हल गर्न तत्काल कदम चाल्न आवश्यक देखिएको बताएकी छन्।

घुस मागेको आरोपमा त्रिभुवन विमानस्थलका महाप्रबन्धक निलम्बित 

महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको ‘अडियो’ प्राप्त भएपछि छानबिनका लागि निलम्बन गरिएको हो।

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : मूल्यवृद्धिले सीमा नाघ्यो 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार पुस मसान्तमा मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ। 

गैँडाको खाग तस्करी आरोपमा १५ जना पक्राउ

शुरूमा काठमाडौँको सरस्वतीनगरबाट गैँडाको एक थान खागसहित इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मा पक्राउ परेका थिए। त्यसपछि अरू १३ जना पक्राउ परेका हुन्। 

कर्जा असुली सूचना निकाल्दा ऋणीको तस्वीर छाप्न नपाइने 

बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको ऋण असुलीका लागि ऋणीको तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना जारी गर्ने गरेका छन् ।

स्वास्थ्य बीमाका कारण ताप्लेजुङ अस्पतालको ल्याब सेवा प्रभावित

स्वास्थ्य बीमाबापतको ५६ लाख रुपैयाँ पाउन बाँकी भएकाले ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ।  

त्रिचन्द्र कलेज

प्रवलीकरण गरिँदै त्रिचन्द्र कलेजको भवन

काठमाडौँ– त्रिचन्द्र कलेजको भवन प्रवलीकरण कार्य शुरू गरिएको छ। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको कलेजको भवन पुनर्निर्माण नगरेको भन्दै विद्यार्थीहरू बारम्बार सम्बन्धित पक्षलाई दबाब दिँदै आएका थिए। त्यसलगत्तै सरकारले ४८ करोड बजेट छुट्ट्याएर २ मोडलमा निर्माण गर्ने तयारी गरेको थियो। भवन निर्माण विभागका केन्द्रीय आयोजना कार्यान्वनयन इकाई भवन तथा आवासका निर्देशक कोषनाथ अधिकारीका अनुसार कलेजको दक्षिणपट्टिको पूरै भाग क्षतिग्रस्त भएकाले पुरानै स्वरूपमा जगैदेखि नयाँ बनाइने छ। त्यस्तै, उत्तरपट्टिको जिओलोजी, मेट्रोलोजी विभाग रहेको भवन भने प्रवलीकरण गरिनेछ। अधिकारीका अनुसार एक महिनाअघि शुरू भएको प्रवलीकरण तथा पुनर्निर्माण कार्य दुई वर्षभित्र सक्नुपर्ने छ। कलेजको प्रवलीकरण र पुनर्निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागले गत साउन ३ गते ४८ करोड २० लाख ६१ हजार बराबरको लागत अनुमानसहितको योजना तयार पारेको थियो।

बाबुराम भट्टराई भन्छन्– राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ

नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम सरकार पतनजस्ता घटनाले देश अर्को अस्थिरताको दुश्चक्रमा फस्नलागेको भट्टराईले दाबी गरेका छन्। 

डा. ऋषिकुमार काफ्लेका स्वास्थ्य टिप्स : यसरी बचाउन सकिन्छ मिर्गौला

मिर्गौला ८० प्रतिशत खराब भइसक्दा पनि शरीरमा कुनै लक्षण देखिँदैन। लक्षण देखिएपछि उपचारका लागि जाँदा ढिलो भइसकेको हुन्छ। यतिबेला डायलासिस र प्रत्यारोपणबाहेक विकल्प रहँदैन।

हुस्सु र हिमपातको सम्भावना, हवाई यातायात प्रभावित हुनसक्ने

दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

टर्कीको भूकम्प प्रभावित क्षेत्रमा जनजीवन कष्टकर, मृतकको संख्या बढेको बढ्यै

अधिकांश भूकम्पपीडितले खानेपानी, इन्धन र विद्युत् आपूर्तिको चरम संकटका कारण घरबाहिरै कष्टपूर्ण जीवन बिताइरहेकाले तत्काल सहयोगको खाँचो परेकाे विश्व स्वास्थ्य संगठनको भनाइ छ।