प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन संवाद थालेका छन्।
बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड, खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युड र फेरि अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडकाे भूकम्प गएको छ।
अशाेककुमार राई र राजकिशाेर यादवमध्ये एक जना जसपा संसदीय दलको नेता बन्ने सम्भावना छ।
तराईमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने हुँदा सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
उद्योगी–व्यापारीको प्रतिनिधिमण्डलले गभर्नर अधिकारीतर्फ संकेत गर्दै अर्थमन्त्री विष्ण पौडेलसमक्ष नीतिगत सुधारको माग गरेको थियो।
उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका रवि लामिछाने मंगलबार बिहान सचिवभन्दा अगाडि मन्त्रालय पुगेका थिए। उनले चमेना गृहमा नै खाना खाएका थिए।
जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन।
काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।
मंगलबार नाका खुलेसँगै नेपालबाट ५० लाख ७० हजार रुपैयाँ मूल्य बराबरको बाँसको मुढा, तामाका भाँडाजस्ता वस्तु चीनतर्फ निर्यात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्दै आएको छ।
ताइवानकी राष्ट्रपति साईले बेइजिङबाट हुनसक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै ताइवानको सुरक्षा प्रणाली बलियो पार्न सैन्य सेवाको अवधि लम्बाउने निर्णय गरेको बताइन्।
संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आऊ भन्ने राप्रपा लगायतका राजनीतिक दल रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने मीन विश्वकर्माको टिप्पणी छ।
अमेरिकाको क्यालिफोर्नियामा घरपालुवा कछुवालाई घाइते बनाएको आरोपमा एकजनाले १० वर्षसम्म घरपालुवा जनावर पाल्न नपाउने भएका छन्।
टोलीले ढाकामा २०२३ फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा भाग लिनेछ।
संघीय संसद्का महासचिव गौतमले अख्तियारको पत्रका आधारमा सांसद गुरुङ भ्रष्टाचार निवारण ऐन २०७५ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा परेको जानकारी दिए।
अस्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले १००औँ टेस्ट खेल्दै २५४ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै २०० रन बनाएका छन्।
मंगलबार सेयर बजार परिसूचक नेप्से ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३.९५ अंकमा पुगेको छ।
चीनले आगामी वर्ष जनवरीदेखि कोभिडका लागि तय भएका स्वास्थ्य मापदण्डहरू खुकुलो पार्दै क्वारेन्टिन नियम हटाउने भएको छ।