AnonymousUser

Logout

राष्ट्रपतिद्वारा पुस २५ गते १ बजे संसद् अधिवेशन आह्वान

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले निर्वाचनको समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

पीएसजीमै बस्न राजी भए मेस्सी

१८ महिनादेखि पीएसजीसँग आबद्ध रहेका स्टार फरवार्ड लिओनल मेस्सी २०२४ सम्म सोही क्लबमा रहने भएका छन्।

नियमविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फर्काउन गृहको निर्देशन

गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएको छ।

गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा पुस २२ गते सुनुवाइ हुने

गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादमा दर्ता भएको मुद्दा सुनुवाइका लागि सर्वाेच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ।

‘पाठशाला नाट्य उत्सव’ को तयारीमा चुलाचुली

‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ गर्ने ध्येयका साथ इलामको चुलाचुलीमा शुरू भएको नाट्यसंस्था चुलाचुली रंगमञ्चले ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ घोषणा गरेको छ।

महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेका छन्। उनलाई राष्ट्रपतिले आजै शपथ गराउने कार्यक्रम छ।

कोरियाबाट ल्याइएका शुद्ध नस्लका गाई किसानलाई वितरण

हेफर इन्टरनेशनलको पहलमा नेपाल ल्याइएका शुद्ध नस्लका ६३ वटा गाई र बहर सिन्धुलीका किसानलाई हस्तान्तरण गरिएको छ।

स्पेनिस पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनास नेपालमा

बार्सिलोना र रियल मड्रिडका पूर्वखेलाडी रुबेन डे ला रेड तथा युलियो सालिनास सहितको टोली नेपाल आएको छ। टाेलीले काठमाडाैँ र गण्डकीसँग मैत्रिपूर्ण फुटबल खेल्नेछ।

अर्थतन्त्रको पुनरूत्थान पहिलाे प्राथमिकता : प्रधानमन्त्री

उद्योग वाणिज्य महासंघकाे टाेलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अर्थतन्त्र सुधारका लागि गम्भीर पहल गर्न अनुराेध गरेकाे छ।

अनधिकृत संरचना हटाउँदा भेटिएको शंखरधरको मूर्ति ‘पुरातात्त्विक महत्त्वको होइन’

विष्णुमती करिडोर क्षेत्रका अनधिकृत संरचना हटाउँदा काठमाडौँ महानगरका कर्मचारीले फेला पारेको शंखधर साख्वाको मूर्ति पूरातात्त्विक महत्त्वको नभएको संस्कृतिविद्हरूले बताएका छन्।

तनहुँका ३ हजार घरधुरीमा खानेपानी विस्तार

गण्डकी सरकारकाे ‘एक घर : एक धारा अभियान’ अन्तर्गत् तनहुँमा एकै वर्ष तीन हजार ३०० घरधुरीमा खानेपानीकाे पहुँच पुगेकाे छ।

नेपाल टि २० : पाेखरा र लुम्बिनी तथा काठमाडाैँ र जनकपुर भिड्दै

लुम्बिनी र जनकपुरले लगातार दुई खेलमा जित निकालेका छन्। पाेखरा र काठमाडाैँ पहिलाे जितकाे खाेजिमा छन्।

बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

बझाङकाे छविसपाथीभेरामा ट्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएकाे छ।

पोखरामा पुष १३ देखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँने

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा २५ जिल्लाका ३०० खेलाडी सहभागी हुने बताइएकाे छ।

प्रदेश १ र गण्डकीमा हिमपातकाे सम्भावना

बिहान तराईका विभिन्न क्षेत्रमा हुस्सु लाग्ने र हिमाली भेगमा हिमपातकाे सम्भावना रहकाे हुँदा देशभर नै चिसाे बढ्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

राहदानी र लाइसेन्स लिँदाको लामो लाइन हटाइन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताका लागि काम गर्ने बताए।

सरकारमा जान के कुराले रोक्यो राप्रपालाई?

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने एमाले अध्यक्ष ओलीको पहलमा सबभन्दा पहिले साथ दिएको राप्रपा, आफू सरकारमा जान भने डराइरहेको छ। राप्रपाभित्र चर्किएको विवाद त्यसको कारण हो।

सिंहदरबारमा नवगठित मन्त्रिपरिषद्को बैठक

बैठकले सरकार निर्माणमा सहयोग गर्ने दलहरूलाई धन्यवाद दिनुका साथै केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा पदभार ग्रहण

प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुगेका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।