AnonymousUser

Logout

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

प्रचण्ड नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका हुन्।

सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनमा सहमति भएपछि बनेको गठबन्धन बैठकले सरकार गठन लगायत अबको रणनीतिका बारेमा छलफल गर्नेछ।

समुद्रमा हप्तौँ अलपत्र परेका ५८ जना रोहिंग्या इन्डोनेशिया भेटिए

भोक र तिर्खाले अतालिएका उनीहरू निकै कमजोर अवस्थामा भेटिएका थिए।

‘सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिले रोक्न मिल्दैन’

राष्ट्राध्यक्षले अध्यादेश जारी गर्दा संविधान उल्लंघन भए पनि त्यसको जिम्मेवारी सरकार र संसद्ले लिनुपर्ने विज्ञहरूले बताएका छन्।

युक्रेनसँग सम्झौता गर्न तयार छौँ : पुटिन

राष्ट्रपति पुटिनले एक अन्तर्वार्ताका क्रममा युक्रेनको तनावसँग सम्बन्धित सबै पक्षसँग सम्झौता गर्न रुस तयार भएको बताएका हुन्।

संघदेखि प्रदेशसम्म यसरी ‘रिङ आउट’ भयो कांग्रेस

संघीय सरकारका लागि नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री मात्र नभई कांग्रेसले राष्ट्रपति, सभामुखलगायत पद त गुमाउने नै छ, सबै प्रदेशमा प्रतिपक्षमा धकेलिने निश्चित भएको छ।‍

अष्टलक्ष्मी शाक्यलाई प्रश्न– तपाईं राष्ट्रपति बन्दै हुनुहुन्छ?

परिस्थितिमा नाटकीय फेरबदलसँगै एमाले, माओवादीसहितका दलहरूको सरकार बन्दैगर्दा राष्ट्रपति एमालेबाट बन्ने भएपछि सम्भावित राष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको नामसमेत चर्चामा छ।

कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको ‘थिक् नेशेन्’लाई

पुरस्कार निर्णायक समितिको बैठकले यस वर्षको कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको कृति थिक् नेशेन्‌लाई दिने निर्णय गरेको हो।

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

महिलाको आधारभूत अधिकार हनन गरेको भन्दै राष्ट्रसंघले तालिवानी कदमको विरोध गरेको छ। यस्तै, अमेरिकी विदेश मन्त्रालयले यसलाई विनाशकारी कदम भनेको छ।

प्रधानमन्त्री नियुक्त भए प्रचण्ड, सोमबार शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। 

प्रधानमन्त्री बन्न राष्ट्रपतिसमक्ष प्रचण्डले पेश गरे दाबी, बुझाए १६९ सांसदको समर्थन

आइतबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर दाहालले १६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्।

कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो निलम्बित

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङ तथा हत्या अभियोगमा फरार सूचीमा कोइरीलाई संसद सचिवालयले निलम्बन गरेको हो।

नेपाल टी-२० लिग : पोखरामाथि जनकपुरको जित

जितसहित जनकपुर २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। पोखरा भने पाँचौँ स्थानमा रहेको छ।

१६६ सांसदको समर्थनसहित प्रचण्ड शीतलनिवासमा

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको एमालेसहितका दलहरूको बैठकले दाहाललाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो।

सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्य : को बन्ला राष्ट्रपति?

अष्टलक्ष्मी शाक्यको नाम यसअघि पनि राष्ट्रपतिका रूपमा चर्चामा थियो भने ओलीका विश्वासपात्र मानिने सुवास नेम्वाङले राष्ट्रपतिका लागि पहिलेदेखि नै चाहना राख्दै आएका छन्।

ओलीलाई देउवाको फोन, 'कांग्रेस-एमाले मिलौँ‍'

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी मिलेर जान आग्रह गरेका हुन्।

प्रचण्डले बोलाएपछि सीके राउत बालकोटमा

नयाँ सरकार गठनका लागि ४ दलीय छलफल चलिरहँदा राउत पनि बालकोट पुगेका हुन्।

मिलेर सरकार बनाउने ओलीको प्रस्तावबारे जसपामा छलफल

बालकोटमा ओलीले आफूहरूलाई मिलेर सरकार बनाउन गरेको प्रस्तावबारे पार्टीमा छलफल शुरू गरेको जसपाका नेता अशोक राईले बताए।

सरकार बनाउन ओलीको प्रस्तावपछि राप्रपा आन्तरिक बैठकमा

प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले मिलेर सरकार बनाउन आग्रह गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक छलफलमा जुटेको छ।

ओली निवास बालकोट पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्।