सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा भने ध्यान नदिएको उद्यमीको गुनासो छ।
वर्षाका कारण काटेर सुकाएको धान खेतमै उम्रिन थालेको छ। काट्न बाँकी धान पनि सबै लडाएको किसानले बताएका छन्।
वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ।
खेलमा औधी रुचि भएकी अनुजा सानो छँदा छिमेकीकोमा गएर टिभीमा कबड्डी हेर्ने गर्थिन्। त्यसपछि छोरी धेरै गाउँ हिँड्न थाली भनेर आमाले घरमा टिभी किनेर ल्याएकी थिइन्।
पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि भेडा लिएर लेकबेँसी गर्नु परम्परा जस्तै बनेको छ। यहाँ एकै परिवारले एक हजारसम्म भेडा पाल्दै आएका छन्।
विधेयक तर्जुमामा सरोकारवालासँग पर्याप्त छलफल नगरी सदनमा विधेयक दर्ता गरिसकेपछि र शिक्षक र कर्मचारीले आन्दोलन शुरू गरेपछि सहमति हुनु प्रक्रियागत कमजोरी भएको सांसदहरूको भनाइ छ।
बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेका थिए।
प्रवासीले पसिना बगाएर जम्मा गरेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेका छन्। एक जनाले ५०० देखि १० लाख रुपैयाँसम्म सहयोग गरेका छन्।
मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई सहज बनाउन स्थानीयले सरकारसँग माग गरेका छन्।
जितिया पर्वमा व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन्।
गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफ्नै लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन्।
भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
मिटर ब्याजीविरुद्ध अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी छ। कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको पनि पाइएको छ।
काठमाडौँको कन्टेक प्रालिले २०७८ पुसमा सुकेटारबाट काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का लिएको थियो। निर्माण समय सकिन आठ महिना बाँकी हुँदा उसले ११ प्रतिशत मात्रै काम गरेको छ।
दुईचोटि म्याद थप्दा पनि निर्माणाधीन संसद् भवनको प्रगति उत्साहजनक छैन। निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरका अनुसार हाल भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत मात्रै छ।
राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ छ।
शरदयामको शुरूआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन्।
साउदीमा साहुको भेडा चराउने काम गरेका बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी अहिले आफैँ मालिक बनेका छन्।
यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएर राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो।
गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पादन गर्ने प्रयासमा लागेको दाहालले बताए।