जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घर भाडा दिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको छ।
दशैँदेखि तिहारसम्म डाँडा र चौतारामा पिङ हुन्थे। तर, अहिले ती डाँडा र चौतारा सुनसान छन्। मौलिकतासँग जोडिएको लिंगे पिङ बिना दशैँको रौनक नै कम हुने गरेको छ।
सुन्तला गाउँका रूपमा परिचय बनाएको बागलुङको सिगानामा वार्षिक रूपमा मौसमी सुन्तला बिक्रीबाटै तीन करोड रुपैयाँ भित्रिँदै आएको छ।
संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले कोभिड–१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किरहेको बताए।
सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्दै ६ महिनाभित्र मापदण्डभित्रका घरसंरचना भत्काउन आदेश दिएसँगै विस्थापित हुने हो कि भन्ने चिन्ता थपिएको ६५ वर्षीय रामचन्द्र जलारीको भनाइ छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैँमा मौसम सामान्यतया सफा रहने बताए।
पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको छाना विस्थापित गरिरहेका छन्। बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ।
दशैँमा सबैसँग जमघट हुने, टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चंगा बनाएर कसले माथि पुर्याउने भन्दै उडाउने चलन बिरानो भइसकेको छ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनको असरका कारण जिल्लामा वर्षासँगै बेमौसमी हिमपात हुन थालेको बताए।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सञ्चालित ४७ वटा योजना समस्याग्रस्त छन्। त्यसमध्ये १७ वटाका निर्माण व्यवसायी नै सम्पर्कमा छैनन्।
झोलुंगे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो। झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ।
कैलाली जिल्लामा करिब एक हजार २०० हेक्टरमा केराखेती हुने गरेको छ। जसमा ८०० हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ।
चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताए।
साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड, पोखराका प्रमुख वासुदेव उपाध्याय उद्योग मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दशैँमा चिनी आयात हुन नसकेको बताउँछन्।
बाढीको गेग्र्यान पन्छाउन छिमेकी गाउँका स्थानीयसमेत जुटेका छन्। पोखरा, काठमाडौँ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम संकलन गरेर पठाएका हुन्।
मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आएका तिलु बुढा मगरलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ।
असिनापानीले धान, भटमास, कोदो र तरकारी नष्ट गरेको छ। पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्।
चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आइतबारदेखि सशस्त्र प्रहरी परिचालित भएका छन्।
नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयास गरे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको उनीहरूको गुनासो छ।