माझकिरात भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ।
उक्त अवसरमा मन्त्री साउदले अमेरिकाका निजी क्षेत्रलाई नेपालमा लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए।
तीनचार दिनको अन्तरालमा एउटा उडान गर्ने निजी जहाजले फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका सर्वसाधारण बताउँछन्।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको ‘मिसन’ मिल्दोजुल्दो छ। यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ।”
भेटघाटका क्रममा मन्त्री साउदले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि नेपालले कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याएका थिए।
मंगलबार बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यहाँ पुगेका गुटेरेसले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गरेका छन्।
महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताए।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले खुम्बुबाट जलवायु परिवर्तनले हिमालयक्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि विश्वसमुदायको ध्यानाकर्षण गराएका छन्।
चितवनमा चालु आर्थिक वर्षसम्म ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले जनाएको छ।
आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन बन्द गरिएको हो।
विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो।
राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोगिरहेका नकारात्मक परिणामबारे गम्भीर हुन राष्ट्रसंघका महासचिवलाई अनुरोध गरेका छन्।
चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको हो। अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीको अनुमान छ।
'दशैँमा जुटाएको दामले घर खर्च भ्याएन। तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो'
सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि तीनवटा जर्सी जातका गाई र एक साँढे पालिएको छ। गाईको दूध बेचेर एक जनाको तलब व्यवस्थापन गरिएको छ।
राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।
राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री दाहालसँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले अराजकता सृष्टि गर्ने उद्देश्यसाथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउनेहरूलाई मिलेर गतिलो जवाफ दिने तयारी भइरहेको बताए।
एमाले महासचिव शंकर पोखरेलले आधारभूत विश्वव्यापी मान्यताअनुरूप शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताए।
विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।