AnonymousUser

Logout

भानुभक्तको जन्मघर जलेको २० वर्ष बित्यो, अझै भएन पुनर्निर्माण

राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको २० वर्ष बिते पनि अझै पुनर्निर्माण हुन सकेको छैन। घर भग्नावशेष अवस्थामा रहेको भानुभक्तका पनाति श्रीभक्त आचार्य बताउँछन्।

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

कालापत्थरमा पाँच हजार ३१७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी छन्।

भूकम्प प्रभावित क्षेत्रमा चिसोले दुई जनाको मृत्यु

जाजरकोटमा त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रजिअ सुरेश सुनारले बताए।

छठको रौनक: पूजाको सामग्री बनाउन व्यस्त छन् डोम समुदाय

छठलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्ने गर्छन्। उनीहरू यस पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन्।

झोलुंगे पुलका सामान चोरी, सरोकारवाला बेखबर

पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहोरदोहोर गर्दै आएका छन्।

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

नेपालगन्जका मोहम्मद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आएका छन्। उनले आठ वर्षको हुँदा नै बाजेसँग माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन थाले। बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिके।

छठपर्वको व्रत विधि शुरू, शुक्रबार ‘नहाय–खाय’

छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर सिँगारिएका छन्। सबैजसो घाटमा रातभर जाग्राम बस्न गीत, संगीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ।

डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याई

जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताए।

दार्चुलामा गाउँपालिका अध्यक्ष सवार जिप दुर्घटना

दार्चुलामा जिप दुर्घटना हुँदा नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीसहित दुई जना घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ।

महोत्तरीमा सूर्य उपासनाको पर्व छठको तयारी

पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको पिठोबाटै तयार गरिन्छ। अर्घ्य दिने जलाशय किनारमा घाट बनाउने र सरसफाइलगायत कामलाई महत्त्वका साथ लिने गरिएको छ।

धार्मिक गन्तव्य मालिका धुरी: पूर्वाधारको पर्खाइमा

बेनीबाट पैदल दुई दिन र सवारीसाधन प्रयोग गर्दा एकैदिनमा मालिका पुगिन्छ। ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाइन्दफाँट भएर मालिका जान सकिन्छ। 

नेपालगन्जमा मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

बाँकेको नेपालगन्जमा बुधबार मुस्लिम समुदायका अगुवाले आफूले मानेका दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन्।

पाँच युवा मिलेर खोलेको फार्मबाट तीन करोडको केरा बिक्री

सरकारले सिँचाइको सुविधा र आवश्यकताअनुसार रासायनिक मलखाद बेलैमा अनुदानमा उपलब्ध गराइदिए नेपाली युवा रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उनीहरूको भनाइ छ।

अञ्जली दिदीको हातबाट २ सय बढीले लगाए भाइटीका

दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको अञ्जली दिदी (मास्के)को भनाइ छ।

भूकम्पप्रभावितलाई तिहारको भन्दा चिसोबाट कसरी जोगिने भन्ने चिन्ता

भूकम्प प्रभावितलाई तिहारको भन्दा पनि अहिले रातको समयमा पर्ने शीत र बढ्दै गरेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको छ।

पाल्पामा फस्टाउँदै झिनियाँको व्यापार

गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् ।

मेलामा फूल नबिकेपछि पोखरा महानगरले प्रतिमाला २० रुपैयाँ दिने

पोखरा महानगरपालिकाले फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरूप नगद प्रदान गर्ने भएको छ। 

साहित्यकार शान्तदास मानन्धरको निधन

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। 

प्रविधिको विकासले संकटमा मादल व्यवसाय

तिहारमा मौलिक गीत गाउँदै मादल, झ्याली बजाएर देउसी भैलो खेल्ने चलन हराउँदै गएको छ। युवा पुस्ताले चासो नदिँदा तिहारका बेला देखाइने सोरठी, मारुनीलगायतका नाचहरू पनि लोप हुँदै गएको बुढापाकाको गुनासो छ।

जाजरकोट भूकम्प : गर्भवती, सुत्केरी र बालबालिका बढी प्रभावित

जाजरकोट भूकम्पबाट सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।