AnonymousUser

Logout

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

स्थानीय मिलेर थालेको श्रमदान अभियानमा प्रवासीले पनि सहयोग गरेका छन्। पदमार्ग निर्माणका लागि १३ लाख रुपैयाँभन्दा बढी नगद सहयोग जुटिसकेको छ।

भारतबाट नेपाल आइपुगे उच्च प्रजनन क्षमताका मुर्रा राँगा

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो।

दूधको मूल्य घटेपछि चितवनका किसान निराश

भारतबाट दूध तथा पाउडर आएका कारण नेपालको दूध खपत हुन नसकेको किसानले बताएका छन्। प्रतिलिटर ७९ रुपैयाँमा बिक्री भइरहेको दूध हाल ७० रुपैयाँमा पनि बिक्री हुन छाडेको उनीहरूको गुनासो छ।

आवधिक निर्वाचनका लागि ‘बार’ नै तोकेर प्रस्ताव

निर्वाचन आयोगले संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचन, उक्त निर्वाचनको अन्तिम परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न प्रस्ताव गरेको छ। 

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि दबाब दिन व्यापार मेलामा विमानको आकृति

छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वारमा करिब पाँच लाख रुपैयाँको लागतमा भारतबाट कालिगड बोलाएर विमानको आकृति तयार हुँदैछ।

नाका नखुल्दा बिकेनन् चौँरी, निराश छन् किसान

ताप्लेजुङका हिमाली बस्तीमा बसोबास गर्ने समुदाय चौँरीपालनमा निर्भर हुँदै आएको छ। यहाँका चौँरीको मुख्य बजार चीन हो। तर, नाका बन्द हुँदा किसानले चौँरी बिक्री गर्न पाएका छैनन्।

बिक्री नभएपछि खेतमै कुहिन लाग्यो २५ क्विन्टल सयपत्री

झापामा तिहारको बेला एक करोडको सयपत्री फूल र १० करोडको झिलिमिली बत्ती बिक्री हुने गरेको छ। खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सयपत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन्। 

जाजरकोट र रुकुमपश्चिममा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट भूकम्पले प्रभावित पारेका जिल्लाका केही विद्यालयमा मंगलबारदेखि पठनपाठन शुरू हुने भएको छ भने केही विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ।

इलाम बस दुर्घटनामा एक जनाको मृत्यु, ३७ घाइते

आइतबार साँझमा इलाममा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको र ३७ जना घाइते भएको प्रहरीले जनाएको छ।

सिक्लेस र घान्द्रुक जानुअघि जानकारी लिन आग्रह

घुमघामको सिजनमा सिक्लेस र घान्द्रुक जाँदा वासस्थान, मौसमी अवस्थालगायत आवश्यक विषयमा जानकारी लिएर मात्र जान पर्यटक व्यवस्थापन समितिको आग्रह छ।

विदेशबाट फर्किएर आरनमा रमाउँदै अर्जुन

बन्दीपुर गाउँपालिका–२ तीनपाटेका ३२ वर्षीय अर्जुन गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन्। हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्।

शान्ति सम्झौताको १७ वर्ष: बेपत्ता र निर्दोष परिवारको पीडा यथावत्

तत्कालीन युद्धविराम आचारसंहिता अनुगमन समितिका संयोजक प्रा. वीरेन्द्रप्रसाद मिश्र हालसम्म शान्ति सम्झौता माओवादी लडाकुको व्यवस्थापनमा मात्रै सीमित भएको बताउँछन्।

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष

ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा दुई हजार ६०९ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। 

सूर्यको आराधना गरी उल्लासपूर्वक मनाइँदै छठपर्व

तराई क्षेत्रमा मनाइने छठ मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। पञ्चमीका दिनदेखि व्रत बस्नेले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसाद ग्रहण गर्ने चलन छ।

बन्दीपुर र मानुङकोटमा बढ्यो पर्यटकको चहलपहल

तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ। पर्यटन विकासको समितिको तथ्यांकअनुसार बन्दीपुरमा २६ देशका पर्यटक आएकोमा सबैभन्दा बढी चिनियाँ छन्।

जाजरकोटमा चिसोले थप तीन जनाको मृत्यु

भूकम्प प्रभावित क्षेत्रमा त्रिपालमुनिको बसाइँका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

जाजरकोट भूकम्प : त्रिपालमा आश्रित प्रभावितमा देखिँदै स्वास्थ्य समस्या

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको र पोसिलो खानेकुराको पनि कमी रहेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन्।

छठ: सबैको मन जोड्ने सेतु

तराईवासी मधेशी समुदायको मुख्य पर्वको रूपमा रहेको छठ पछिल्लो समय पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेका छन्।

छठ: सबैको मन जोड्ने सेतु

तराईवासी मधेशी समुदायको मुख्य पर्वको रूपमा रहेको यस छठ पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउन थालेका छन्।

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा

कोशी टप्पुमा बर्सेनि नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षझैँ झुन्डमा आउने चराको संख्यामा भने कमी आएको छ। जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन्।