हिमाली पारिस्थितिक प्रणाली र त्यहाँको नागरिक जीवन प्रत्यक्ष रूपमा जोडिने भएकाले जलवायु परिवर्तनका कारण सिर्जना भएका समस्यालाई विश्व समुदाय मिलेर समाधान खोजिनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।
हात्तीको हुल नै सडकमा निस्किएपछि बेलबारी–११ लक्ष्मीमार्गको केशलिया पुलमा बिहीबार साँझ सडक जाम भएको थियो। हात्तीले बाटो क्रस गर्ने क्रममा सवारीधनीको भागाभाग भएको थियो।
किसान मना भट्टराईले चिसो मौसम शुरू भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्याजस्ता कारण कफीका बोट सुक्दै जाने गरेको बताइन्।
कैलालीको जानकी गाउँपालिका–३ का ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेका छन्।
चन्द्रनगर गाउँपालिकाको गाउँसभा नहुँदा शिक्षक एवं कर्माचारीको तलब चार महिनादेखि रोकिएको छ। शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर धर्नामा बसेका छन्।
पदमार्गका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ। नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि देख्न सकिन्छ।
उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन्। घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन्।
१० जनाको दरबन्दी रहे पनि हाल तीन जना मात्रै रहेकाले सेवा प्रवाहमा समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङले जनाएको छ।
उखु उत्पादन गरेर नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई सरकारले अनुदान दिँदै आएको छ। तर, कञ्चनपुरका किसानले गत वर्षको अनुदान नै पाएका छैनन्।
गैँडाकोटका गुप्तप्रसाद रेग्मीले फलफूल खेती थाल्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे। धनकुटा पुगेर बिरुवा ल्याएर खेती शुरू गरेको उनको भनाइ छ।
तोकिएका आठ वटा कडा रोगको उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने निर्देशिकामा उल्लेख छ।
दुर्घटनामा घाइते भएका धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुंगा हिमशृंखला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थलका रूपमा परिचित छ।
प्रवेश परीक्षाको नतिजा प्रकाशन भई भर्नाका लागि मंगलबारदेखि सूचना प्रकाशन प्रारम्भ भएको छ। आंगिक क्याम्पसका विभिन्न कोटामा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो।
पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रूपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको व्यापारीको भनाइ छ।
भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका हुन्।
पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपका बजारमा माग बढिरहेको व्यवसायी बताउँछन्। पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ।
सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्त्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएको छ।
२०५८ सालमा सञ्चालनमा आएको भुर्षा सिँचाइ नहर मर्मतमा पछिल्लो समय सरकारले बजेट विनियोजन गरेको छैन। त्यसैले किसान आफैँ मर्मत तथा सरसफाइमा जुटेका छन्।
भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्। स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीको भीड नै लागेको छ।