AnonymousUser

Logout

नदीबाट गिट्टीबालुवा निकाल्दा घाट नै उत्खनन्, दाहसंस्कारमा समस्या

पर्वतको जलजला गाउँपालिका–८ नागलीवाङस्थित फर्सेमा रहेको शिवालय चौपारीघाटबाट वर्षायामको बाढीसँगै अवैधरूपमा बालुवा र ढुंगा उत्खनन् गरिएपछि घाटनै गायब भएको छ।

अख्तियारको कर्मचारी भन्दै ठग्ने पक्राउ

ती व्यक्तिले विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीले जनाएको छ।

माछापुच्छ्रेका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने

माछापुच्छ्रे गाउँपालिकाले जारी गरेको सूचनाअनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ।

मुगु घटना अनुसन्धान गर्न प्रहरीको विशेष टोली परिचालन

छायानाथ रारा नगरपालिका–६, स्थित मन्दुमा एकै परिवारका चार जना मृतावस्थामा फेला परेको घटना अनुसन्धान गर्न जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

गौरीफन्टा हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक पाँच सय दरका भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाटै फर्किने गरेको व्यवसायी बताउँछन्।

भरतपुर अस्पतालमा बडादशैँका दिन जन्मिए २० शिशु

टीकाको दिन ६ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएका थिए।

थारू समुदायको मेडरी नाच लोप हुने चिन्ता

नाच लोप हुने डरले थारू अगुवाहरूले मेडरी नाचका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाएका छन्।

लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती

लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्र्याक खुले पनि हालसम्म कालोपत्र नहुँदा धुलो र हिलोले यात्रु तथा स्थानीय आजित भएका छन्।

कबड्डीकी कलावतीः ‘स्कुलमा कप्तानदेखि एशियाली खेलकुदसम्म’

टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनोट भएर एशियाली खेलकुदसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।

तालबाराही मन्दिरको पुनर्निर्माण शुरू, १ करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने

मन्दिर पुनर्निर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ।

आम्दानीको स्रोत गुमाउँदै हिलामी क्षेत्रका सामुदायिक वन

तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन्। 

वर्षायाम सकिएसँगै नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भिड नै लाग्न थालेको छ।

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

प्रहरीका अनुसार स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डे घाइते भएका र उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दशैँ

घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएका छैनन्।

धादिङका विभिन्न ४ ठाउँमा सवारी दुर्घटना, १७ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत  गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा मात्रै १२ जना घाइते भएका छन्।

प्रहरी जवानले आफैलाई गाेली हाने

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

विदेशबाट फर्किएर स्वरोजगार बनेका सुमन: ड्राइभिङ सेन्टर र सुन्तलाखेती सँगसँगै

टेम्केमैयुङ–२ मा कृषि समूह गठन गरेर सुमन प्रधानले छिनामखुमा व्यावसायिक रूपले सुन्तलाखेती गर्दै आएका छन्।

लिम्बू समुदायमा हराउँदै दशैँ मान्ने परम्परा

पहिले–पहिले भव्य रूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दसैँ मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेको पालुङवाको भनाइ छ। 

सौराहामा विदेशी पर्यटकले मनाए दशैँ, टीका र जमरा थाप्न पाउँदा दंग

वन्यजन्तु तथा प्राकृतिक सुन्दरताका साथै दशैँ, तिहारलगायत चाडबाडले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ।

दुर्गा मूर्ति विसर्जनमा गएका दुई जनाको डुबेर मृत्यु, एक बेपत्ता

रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ।