AnonymousUser

Logout

इन्टरनेटमा गरिने नेपाली विज्ञापनलाई करको दायरामा ल्याइने

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत इन्टरनेटको माध्यमबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ।

मिथिलाञ्चलमा बरसाइत पर्वकाे राैनक

जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ।

किसानलाई सधैँ सिँचाइकै पिरलो, आकाशे पानीका भरमा खेती  

बागलुङमा खेती हुँदै आएको ३० हजार ५२३ हेक्टर जमिनमध्ये छ हजार १४८ हेक्टरमा मात्र सिँचाइको सहज पहुँच पुगेको छ।

बाढीबाट विस्थापितको पीडा: लालपुर्जा छ, जग्गा छैन

कर्णाली नदीमा २०६५ सालमा आएको बाढीले घरखेत पुरेपछि कैलालीको टीकापुर–८ अरुणाफाँटका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भए। अहिले आफ्नो जग्गामा बस्न खोज्दा स्थानीयले अवरोध गरेको पीडितको भनाइ छ।

गर्मीले महोत्तरीको जनजीवन प्रभावित, बिरामीको संख्या बढ्यो

चर्को घाम र तातो हावाका कारण जिल्लामा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ। गर्मीले आउँ, झाडापखाला, टाइफाइड, छालाजन्य रोग र जन्डिसका बिरामी बढेको प्रादेशिक अस्पतालले जनाएको छ।

उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेबाट 

डब्लुएचओको अग्रसरतामा हुने उच्च रक्तचाप नियन्त्रण अभियान निरन्तरताको जिम्मेवारी प्रत्येक स्थानीय तहले लिनुपर्ने बताइएको छ। 

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनदेखि संघीय संसद्को निर्वाचन हुँदै पछिल्लो पटक सम्पन्न उपनिर्वाचनसम्मको घटनाक्रमका बारेमा जानकारी गराएका थिए।

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

संसदीय समितिबाट गएनन् बजेटका लागि सुझाव

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत भएर संसद्मार्फत त्यसमाथि सुझावसमेत गइसकेको छ। तर ‘मिनी पार्लियमेन्ट’समेत भनिने संसदीय समितिबाट सुझाव गएनन्।

मोरङमा बंगुरलाई देखियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

मोरङको बेलबारी–४ स्थित ठूली एकीकृत कृषि फर्ममा रहेका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। त्यहाँका बंगुरबाट नमूना लिई परीक्षणका लागि काठमाडौँस्थित प्रयोगशाला पठाइएको छ।

कञ्चनपुरमा ‘बुस्टर डोज’ लगाउनेको संख्या न्यून

भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गड्डाचौकी नाकामा भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगित छ। खोप अभावका कारण नाकामा नै लगाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले थप चार दिनको म्याद दिएकको छ।

नक्कली शरणार्थी प्रकरण : प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउपछि अनुसन्धान गर्दा प्रतीक पनि संलग्न रहेको प्रमाण भेटिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नक्कली शरणार्थी प्रकरणमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

सिंहदरबार वैद्यखानाका कर्मचारीले पाएनन् फागुनदेखिको तलब

तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न, बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ।

खरबुजा बिक्रीबाट जीविकोपर्जन 

कृष्णपुर नगरपालिका–२ वाणीकाका स्थानीयले खरबुजा बेचेर जीविकोपार्जन गरिरहेका छन्। चैत अन्तिम सातादेखि जेठसम्म महेन्द्र राजमार्गको किनारमा खरबुजा बिक्री गर्ने गरेको उनीहरू बताउँछन्।

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

रोजगारीको खोजीमा दिनानुदिन युवाहरू विदेश गइरहेका छन्। तर, म्याग्दीको अन्नपूर्ण–६ का नारायण बरुवाल भने विदेशको जागिर छाडेर गाउँ  फर्किएर बाख्रापालन शुरू गरेका छन्।

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नभएको बताएका छन्।

धार्मिक र पर्यटक गन्तव्य बन्दै केलादीधाम

स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुरको सिमानामा रहेको केलादीधाम दर्शन र अवलोकन गर्न आउनेहरू बढिरहेका छन्। धामसम्म सडक सञ्चालन भएकाले पुग्न सहज छ।

मुगु हिमपहिरो: घटनास्थलमा पुग्न सकेन उद्धार टोली 

हिमपात र कुहिरोका कारण एक हप्ता बितिसक्दासमेत सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न सकेको छैन। उद्धारमा खटिएका सुरक्षाकर्मी नै बिरामी हुन थालेको प्रहरीले जनाएको छ।