AnonymousUser

Logout

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार ५७ करोडमा सीमित

कूल २१ लाख ५ हजार ६५७ कित्ता शेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३ मूल्यमा खरिद बिक्री भएको छ। कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।

धादिङमा छुरा प्रहारबाट युवकको हत्या, गल्छी–त्रिशूली सडकखण्डमा स्थानीयको प्रदर्शन 

गल्छी गाउँपालिका–८ निबुवा बोटेस्थित एक होटेल सञ्चालकले ग्राहकलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरका किसानले रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती थालेका छन्। लगानी र जनशक्ति कम लाग्ने भएकाले खाद्यान्न छाडेर रुखबिरुवा लगाउन थलेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

१५ वर्षको उमेरमा आन्दोलनमा होमिएका कायस्थ २०६२ चैत २७ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका थिए। 

अर्घाखाँचीमा आगो निभाउने क्रममा ५ जना गम्भीर, ८ घर जलेर नष्ट

भूमिकास्थान नगरपालिकाको तिरतिरे जंगलमा लागेको आगो बस्तीमा पसेपछि निभाउने क्रममा जलेर पाँच जना भएका छन्। उता, सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्। 

गण्डकीमा कुन दललाई कति मन्त्रालय?

माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरूले तीन मन्त्रालयमा दाबी गर्दै आए पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताए।

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदहरूको सुझाव

राष्ट्रियसभाका सांसदहरूले आर्थिक अवस्थालाई लयमा फर्काउन कृषि, ऊर्जा, उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्न, फजुल र विलासिताका वस्तु आयात कम गर्ने व्यवस्था गर्न सुझाएका छन्।

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाउने गरी कारबाही हुने बोर्डले जनाएको छ। 

स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान भनेको छ।

मुगु हिउँ पहिरो: हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मी पुग्न नसकेपछि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट थप सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान पठाइएको छ।

‘टुकुचा खोला नै हो तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’

फैसलाको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएको हुँदा राज्यले हस्तक्षेप गर्न नपाउने उल्लेख छ।

कस्तो आउँदै छ आगामी बजेट?

सामाजिक सुरक्षालाई प्रभावकारी बनाई स्रोतको सुनिश्चितता गरिनुका साथै सबै प्रकारका विभेद अन्त्य गरी विकासमा जनतालाई सहभागी गराई मूल प्रवाहमा पहुँच अभिवृद्धि गर्न बजेट केन्द्रित हुने अर्थमन्त्रीले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच चर्काचर्की

प्रतिनिधिसभाको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान अर्बौं रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिए सत्तापक्ष र प्रतिपक्षीका सांसदबीच जुहारी चलेको छ।

नेप्से दोहोरो अंकले घट्यो, कारोबार ६० करोडमा सीमित

कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १८७ कम्पनीको भने ओरालो लागेको छ। यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

लोपोन्मुख घाटु नाच संरक्षणमा जुटे तनहुँका युवा

घाटु नृत्यमा वाद्य र साज शृंगारभन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ। कारुणिक र हृदयविदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार र दर्शकसमेत रोएको पाइन्छ। 

कस्तो र कतिको बजेट?

व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सरकारलाई दबाब परेको छ।

खर्कमै ३६ वर्ष : दुर्गमको गोठमा रमाएका नन्दप्रसाद

भैँसीलाई जंगलमा छाड्ने, पाडा पाडीका लागि जंगलमा गएर घाँस ल्याउने, भकारो सोहोर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन्। 

खडेरी र रोग कीराको चपेटामा अलैँची

ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती गरिन्छ। यहाँका किसानको आम्दानीको मुख्य स्रोत अलैँची नै हो। तर, मूल्यमा आएको गिरावट र विभिन्न प्रकोपका कारण उत्पादन घट्ने भन्दै चिन्तित छन्। 

धनुषामा मिटरब्याजीविरुद्धका उजुरीमा ‘मिल्ने हदसम्म’ मिलापत्र

प्रमुख जिल्ला अधिकारी दाहाल सरकारले समस्या समाधानका लागि ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० राष्ट्रपतिबाट जारी भइसकेकाले अब कानूनी बाटो सहज हुने बताउँछन्। 

नक्कली शरणार्थी बनाएर ठगी प्रकरणमा थप आरोपीको खोजी गर्दै प्रहरी

पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा आएका छैनन्। अहिले १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।