AnonymousUser

Logout

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

मिथिलामा हर्षोल्लासका साथ मनाइयो जानकी नवमी 

खडेरी लागेपछि किसानको हौसला र वर्षाका लागि मिथिलाका तत्कालीन राजा जनकले खेतमा हलो जोतिरहेका बेला वैशाख शुक्ल नवमीका दिन जानकी प्रकट भएको किंवदन्ती छ।

तनहुँको दगाममा खानेपानी अभाव, आधा घण्टा टाढाबाट ओसार्नुपर्ने बाध्यता

खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटे पनि अहिले फेरी सास्ती भएको स्थानीय कमला थापाले सुनाइन्।

प्रधानन्यायाधीश नियुक्त अविलम्ब गर्न नेपाल बारको आग्रह

एशोसिएसनका महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै अदालतका न्यायाधीश नियुक्त गर्न माग गरेकी छन्।

त्रिभुवन विमानस्थलमा एयर इन्डियाको जहाजले गर्‍यो ‘ओभरसुट’

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।

अनशनरत किसान घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

वीरगन्जमा जथाभाबी फोहोर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा

मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना बनाउने उद्देश्यले नियमित सरसफाइ अभियान चलाइरहेको छ। 

व्यावसायिकतामा जोड दिन किसानलाई बाख्रा उपहार

बाख्रापालनबाट महिलालाई आत्मनिर्भर र नगरलाई मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ

अशिक्षा र गरिबीले निम्त्याएको दुरावस्था : २६ वर्षमा १२ सन्तान!

बझाङको खप्तडछान्ना गाउँपालिका–७ खानडाँडास्थित साँघुरो घरमा भिट्‌टुको परिवार बसेको छ। उनले अशिक्षा र गरिबीका कारण उनले आफ्ना छोराछोरीलाई पढाउन सकेका छैनन्। बिहानबेलुका छाक टार्न मुस्किल छ।

ढोरपाटनमा ५ पाँच वर्षयता बँदेलको सिकार शून्य, प्रक्रिया सहज बनाउन माग

ढोरपाटनमा पहिले नाउर र झारलको सिकार गर्दा बोनसका रूपमा बँदेलको सिकार गर्न दिइन्थ्यो। २०७८/७९ देखि छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

गण्डकीका नवनियुक्त मुख्यमन्त्री भन्छन्–‍ मन्त्रालयको संख्या बढाउँदैनौँ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान सत्ता गठबन्धन संसद्को पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताएका छन्।

मापदण्ड नपुगेका दुई बालगृह बन्द, ४१ बालबालिकाको उद्धार

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिए।

विद्यालयमा राजनीतिक दलका  कार्यक्रम गर्न दिने प्राध्यापकलाई काठमाडौँ महानगरले कारबाही गर्ने

विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी आएको जनाउँदै काठमाडौँ महानगरले त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने जनाएको छ।

मुगुमा दियालोको भर: विद्यार्थी गृहकार्य गर्न पाउँदैनन्, जेष्ठ नागरिकलाई दम

पछिल्लो जनगणनाअनुसार मुगुका झन्डै नौ हजारमध्ये पाँच हजार परिवार दियालोको भरमा छन्। सदरमुकाम आसपासका गाउँका बासिन्दा मोबाइल चार्ज गर्नसमेत गमगढी बजार पुग्छन्।

साढे दुई वर्षदेखि लुम्बिनीमा थन्किएका विद्युतीय बस सञ्चालनमा आउने

एडीबीको अनुदान सहयोगमा लुम्बिनी विकास कोषलाई प्राप्त विद्युतीय सवारी साधनमा हरियो नम्बर प्लेट राख्ने अनुमति भएपछि पर्यटक बोक्न पाउने भएका छन्।

मेची पारिको विद्यालय बन्द, जोखिम मोलेर भारतीय विद्यालय जान्छन् बालबालिका

मेची पारिको ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीका रूपमा २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो। कुनै समय चार जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ।

कञ्चनपुरमा दशगजा क्षेत्र खाली गराउन थालियो

दोधारा चाँदनी नगरपालिकामा नेपाल–भारत सीमामा दुवै देशतर्फ दशगजा मिचेर लामो समयदेखि खेती लगाइएको थियो। यसरी गरिएको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो।

नाका नखुल्दा संखुवासभाको भोटखोलामा खाद्यान्न अभाव

किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँमा खाद्यान्न अभाव भएको हो। नाका नखुल्दा यहाँ चीनबाट खाद्यान्न आयात हुन सकेको छैन।

पुरानै लयमा फर्किँदै हेलम्बुको पर्यटन व्यवसाय

भूकम्प र काेराेनाले शून्यमा पुर्‍याएकाे हेलम्बुकाे पर्यटन तंग्रन थालेकाे छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण र काेराेनाकाे जाेखिम कम हुँदै गएकाले यहाँ दैनिक ५० जनाभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।

गोरखा भूकम्पको ८ वर्ष पूरा, अझै पनि बनेन स्मृति उद्यान

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज बिदा दिएको छ। गोरखा भूकम्पबाट ज्यान गुमाउनेको सम्झनामा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।