AnonymousUser

Logout

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा बढ्यो जोखिम

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई निरन्तरता दिइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले‍ बताए।

यस वर्षको बिस्केटजात्रा चैत २७ देखि 

जात्राको अन्तिम दिन पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ २०० फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान तान्ने प्रचलन छ। 

२ पटक म्याद सकियो, भएन कालोपत्रे

बागलुङको गलकोट र ताराखोला जोड्ने सडक दुई पटक म्याद थप्दासमेत ५० प्रतिशत कालोपत्रे हुन सकेको छैन। 

निर्देशिका पालना गर्दैनन् स्कुल बस चालक, यान्त्रिक अवस्था पनि कमजोर

ट्राफिक प्रहरीले आइतबार गरेको विशेष जाँच अभियानका क्रममा मापदण्ड पूरा नगरी सञ्चालन भएका १४ वटा स्कुल बसका चालकलाई कारबाही गरेको छ।

सत्य निरूपणसम्बन्धी संशोधन विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतले पारित भएको छ।

एयर इन्डियालाई नेपाल उड्डयन प्राधिकरणले पठायो पत्र

उड्डयन प्राधिकरणले एटीसीको अनुमतिबिना उचाइ घटाइ नेपाल एयरलाइन्सको जहाजसँग जहाज ठोक्किन लागेको विषयमा एयर इन्डियालाई पत्राचार गरेको छ।

सूर्य ओडार : 'जहाँ बसेर बुद्ध उपदेश दिन्थे'

सूर्य ओडार बुद्धसँग जोडिएपछि चर्चामा आएको छ। फागुनमा यहाँ ४० भिक्षुसहित दर्जनौँको संख्यामा बौद्ध अनुयायी आएर ध्यान गरेका थिए।

राप्ती लोकमार्ग स्तरोन्नतिमा ठेकेदारको लापरबाही, दुर्घटनाको जोखिम 

तुलसीपुरबाट रुकुमपश्चिमको खौलासम्म अधिकांश स्थानमा सडक बिग्रिएको छ। स्तरोन्नतिको जिम्मा पाएका ठेकेदारले समयमा काम गरेका छैनन्।

८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

नेपालले आठ महिनामा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको छ।

खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन

नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यथार्थ चित्रण कथाहरूमा समावेश गरिएको लेखक खगेन्द्र संग्रौलाले बताएका छन्।

कोशी नामकरण विवाद : जनधनको क्षतिबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा भएको जनधनको क्षति छानबिन गर्न सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।

मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा युवा

म्याग्दीको बेनी नगरपालिका–६ का अशोक शाही, वडा नं ८ का अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका–७ का रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जन तथा मौलिकता संरक्षणमा लगाएका हुन्। 

मिथिलामा शुरू भयो वासन्ती छठ 

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरदमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्तमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाउने चलन छ।

विश्व क्षयरोग दिवस : हरेक पालिकामा क्षयरोग मुक्त अभियान 

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन्।

नदी नै सुकाएर विद्युत् उत्पादन 

कम्तीमा १० प्रतिशत पानी छाड्नुपर्ने प्रावधान भए पनि खोटाङस्थित साप्सुखोला जलविद्युत् आयोजनाले सिंगो नदी नै फर्काएर पानी प्रयोग गरेको छ।

प्राधिकरणले गर्‍यो ३ हेलिकप्टर कम्पनीका पाइलटलाई 'ग्राउन्डेड'

उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने दुई र एटीसीसँग अश्लील शब्द बोल्ने एक हेलिकप्टर पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले 'ग्राउन्डेड' गरेको छ।

नक्कली कम्पनी खडा गरी सट्टेबाजी गराउने ६ जना एजेन्ट पक्राउ

खेलमा सट्टेबाजी गर्न प्रयोग हुने ‘वान–एक्स बेट’ का एजेन्ट रहेका उनीहरूले विभिन्न समयमा सट्टेबाजी गराएर झन्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

नेपाली सेनाको संख्या सरकारले निर्धारण गर्ने हो : प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई सेना के कति चाहिन्छ, त्यसको निर्धाण सरकारले गर्ने बताएका छन्।

सामाजिक सुरक्षा कोषमा सूचीकृत भए ४ लाख योगदानकर्ता

सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन्।

काठ हिनामिना आरोपमा सामुदायिक वनका अध्यक्षसहित ८ जना पक्राउ

५२ लाख रुपैयाँ बराबरको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित आठजना पक्राउ परेका छन्।