AnonymousUser

Logout

कार्यपालिका बैठक भत्ताबाट शिक्षकलाई तलब 

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिका बैठक भत्ताकाे बजेटबाट नयाँ शिक्षक राखेकाे छ। मासिक २० हजार रुपैयाँ दिएर पालिकाले १२ जना शिक्षक राखेकाे हाे।

उपराष्ट्रपति निर्वाचन : मंगलबार रातिदेखि प्रचारप्रसार निषेध

निर्वाचन आयोगले उम्मेदवारको पक्ष तथा विपक्षमा लाग्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरेको छ।

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

पूजाआजा, पास्नी, छैँठी, न्वारन र दशैँ–तिहारजस्ता पर्वमा नाचिने मारुनी नृत्य पाका मान्छेहरूले संरक्षण तथा प्रवर्द्धन गर्दै आएका छन्।

पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ अभियान

बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

सरकारी ठेक्का अपलत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा

कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले सो अवधिभर कुनै पनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन्।

सरकारमा जाने तयारी छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अहिलेको परिस्थितिको मूल्यांकन गरिरहेको भन्दै तत्काल सरकारमा सहभागी नहुने बताएका छन्।

प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास पुर्‍याएको छ : पूर्वमुख्यमन्त्री राई

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहिलो कार्यकालमै गाउँगाउँमा विकास पुर्‍याएको बताएका छन्।

शिक्षण कार्यमा प्रभावकारी बन्दै ‘शैक्षिक संग्रहालय’

पाल्पा रामपुरस्थित सीताराम माध्यमिक विद्यालयले माना, पाथी, हलो, जुवाँ, डोको, नाम्लो, ठेका, ठेकीलगायतका पुराना सामग्री संग्रहित गर्न थालेको छ।

सिन्धुली बस दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये ३ को सनाखत

बस दुर्घटनामा परी घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार दिउँसो १ बजे शपथ लिने

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

घोषणामै सीमित औद्योगिक ग्राम 

औद्योगिक ग्राम निर्माणमा स्थानीय तहले तदारुकता नदेखाएको गण्डकी प्रदेश उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद आचार्यको भनाइ छ। 

स्ववियु निर्वाचनका लागि प्रमुख तीन पार्टीनिकट विद्यार्थी संगठनले गरे तालमेल

आसन्न स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले तालमेल गर्ने भएका छन्।

लुम्बिनीमा २ वर्षदेखि अलपत्र विद्युतीय सवारी

लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन विदेशी दातृ निकायले उपलब्ध गराएका विद्युतीय सवारीसाधन दुई वर्षदेखि थन्किदा सञ्चालनका लागि सरोकारवाला निकायको चासो पुगेको छैन।

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड पुग्यो

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता हुँदै 

यसपटकको स्ववियु निर्वाचनमा सबैभन्दा धेरै मतदाता पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा (१० हजार ८७० जना) छन्।

‘जटिल बिन्दुबाट गुज्रिरहेको अर्थतन्त्रलाई उद्धार गर्न संरचनागत सुधार आवश्यक’

‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन, २०७९’का वक्ताहरूले जटिल अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई उद्धार गर्न यसको पुनर्संरचना आवश्यक रहेको बताएका छन्।

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

त्रिभुवन विश्वविद्यालयमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गर्ने कार्यक्रम छ।

बसाइँसराइले रित्तिए गाउँ, भरिए बजार 

गाउँमा विकास भइरहे पनि बसाइँसराइ नरोकिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए।

वर्षा नहुँदा सुक्न थाले अलैँची बगान 

ताप्लेजुङमा तीन हजार ७०० हेक्टरमा अलैँचीखेती गरिएको छ। लामो समयसम्म हिउँदे वर्षा नहुँदा अधिकांश अलैँची बगान सुक्न थालेका छन्।

रामचन्द्रजीलाई मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : सुवास नेम्वाङ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिस्पर्धी सुवास नेम्वाङले संविधान र कानूनबमोजिम भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिएका छन्।